• बुधबार-फाल्गुण-१४-२०८१

ललितपुरको इमाडोलमा आगलागी

 

पाटन (ललितपुर), १३ फागुन : ललितपुरको इमाडोलस्थित एउटा रङ्ग पसलमा आगलागी भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नरहरि रेग्मीले दिएको जानकारी अनुसार महालक्ष्मी नगरपालिका–१ इमाडोलको रङग पसलमा अहिले साँझ आगलागी भएको हो ।

 

“प्रहरी र दमकलसहितको टोलीले आगलागी नियन्त्रणमा लिइसकेको छ, माथिल्लो तल्लामा डेन्टल र तल्लो तल्लामा  रङग पसल रहेको छ । क्षतिको विवरण संकलन भइरहेको छ”, उहाँले भन्नुभयो ।
---

 

 

प्रतिकृया दिनुहोस