काठमाडौं, २५ फेब्रुअरी - बेलायतीका नेपालका राजदूत, चन्द्र घिमिरेले बेलायत र नेपाल बीचको द्विपक्षीय सम्बन्धका प्रमुख प्राथमिकताहरूबारे आफूले महत्वपूर्ण चर्चा गरेको बताएका छन् । राजदूत, चन्द्र घिमिरेले याे कुरा बेलायत-नेपाल सोसाइटीद्वारा आयोजना गरिएको एक विशेष कार्यक्रममा बताएका हुन् ।
नेपाल र बेलायत बीचको सम्बन्धलाई थप मजबुत बनाउने प्रमुख योजनाहरूको बारेमा कुरा गर्दै नवनियुक्त राजदुत घिमिरेले द्विपक्षीय सहयोग, व्यापार, शिक्षा, र संस्कृतिका क्षेत्रमा थप काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।
राजदूत घिमिरेले बेलायत-नेपाल सोसाइटीका अध्यक्ष, निक हिन्टन र सोसाइटीका अन्य कार्यकारीहरूको योजनाबद्ध र उत्कृष्ट प्रयासहरूको प्रशंसा गरका छन् । उनले कार्यक्रमको सफलतामा सोसाइटीका सदस्यहरूको महत्त्वपूर्ण योगदानको प्रसंशा गरेका थिए ।
विशेष प्रस्ताव : नेपाल र बेलायत बीचका द्विपक्षीय प्राथमिकताहरू
व्यापार र निवेश: नेपाल र बेलायत बीचको व्यापारिक सम्भावनालाई थप प्रवर्द्धन गर्ने पहलहरूमा जोड।
शिक्षा र संस्कृति: विद्यार्थी आदानप्रदान र सांस्कृतिक कार्यकमहरूको आयोजनामा जाेड ।
द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने: मानवअधिकार, प्रवासन र विकासका क्षेत्रमा सहयोग वृद्धि गर्न प्रस्ताव समेत राजदूत घिमिरेले प्रस्तुत गरेका छन् ।
प्रतिकृया दिनुहोस