काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबलमा एफसी ट्रान्सपोर्ट युनाइटेडलाई हराउँदै मछिन्द्र एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा भर्खरै सकिएको खेलको मछिन्द्रले ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
मछिन्द्रको जितमा स्टेफेन जलिले निर्णायक गोल गरे । स्टेफेनले खेलको ८०औं मिनेटमा सनिस श्रेष्ठको क्रसलाई गोलमा परिणत गरेका थिए । मछिन्द्रले फाइनल प्रवेशका लागि आयोजक केपी एफसीसँग प्रतिष्पर्धा गर्नेछ । यसअघि आजै भएको पहिलो खेलमा एपिएफलाई पराजित गर्दै संकटा क्लबले सेमिफाइनलमा स्थान बनाएको थियो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतिकृया दिनुहोस