• शुक्रबार-फाल्गुण-९-२०८१

खोलामा डुबेर रौतहटमा दुई बालिकाको मृत्यु

 

रौतहट । रौतहटमा खोलामा र बाल्टिनको पानीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार फतुवा विजयपुर नगरपालिका-८ विजयपुर टोलकी दुई वर्षीया अलिसा खातुनको मंगलबार दिउँसो मृत्यु भएको छ । घरकोनजिकै रहेको अरूवा खोलामा डुबेर मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

डुबेर अशक्त भएकी उनको नेश्‍नल अस्पताल विजयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । यसैगरी रौतहट, माधव नारायण नगरपालिका-४ बिशुनपुर्वाकी १४ महिनाकी छोरी श्रृष्टि कुमारीको बाल्टिनको पानीमा डुबेर मंगलबार बेलुका मृत्यु भएको छ ।

 

डुबेर अशक्त भएकी उनको हेल्थ ल्याण्ड अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो। दुबै घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।  

 

 

प्रतिकृया दिनुहोस