• शनिबार-फाल्गुण-१०-२०८१

समुन्द्र तटमा देखियो ‘प्रलय माछा’, के पृथ्वीमा प्रलय हुन लागेको हो ?

 

बार्सिलोना, ९ फागुन । पृथ्वीमा कुनै प्रकोप हुन गइरहेको त छैन वा यो कुनै ठूलो प्रकोपको संकेत हो ? सामाजिक सञ्जालमा एउटा भिडियो व्यापक रूपमा सेयर भइरहेको छ र नेटिजेन्सले त्यसलाई लिएर चिन्ता व्यक्त गरिरहेका छन् । 

 

वास्तवमा, भर्खरै यस्तो माछा एट्लान्टिक महासागरको क्यानरी टापुको छेउछाउको तटमा देखिएको थियो । जसलाई मानिसहरू दुर्लभ ‘डुम्सडे फिश’ अर्थात् ‘प्रलय माछा’ भनेर सम्बोधन गर्छन् । गहिरो पानीमा बस्ने यो माछा स्पेनको लास पालमासको किनारमा आए पछि थप पीडा परेर मरेको बताइएको छ । त्यस यता उक्त क्षेत्रमा कुनै ठुलो अप्रिय घटना हुनसक्ने आशंकाले मानिसहरु त्रासमा रहेका छन् ।

 

यहाँ उल्लेख गरिएको माछा ‘ओअरफिस’ हो । यो समुद्र बाहिर विरलै देखिन्छ किनभने यो समुद्रको निकै गहिराईमा बस्ने गर्छ । ओआरफिसलाई ‘डूम्सडे फिश’ जहाँ देखिन्छ, त्यहाँ केही नराम्रो अवश्य हुने जनविश्वास छ । यसअघि यो माछा समुन्द्र बाहिर देख्दा भूकम्पले ठूलो क्षति पु¥याउने दाबी गरिदै आएको छ ।

 

इनसाइड हिस्टरी इन्स्टाग्राम ह्यान्डलले साझा गरेको भिडियोमा एउटा ओअरफिस समुन्द्रको किनारमा तैरिरहेको देख्न सकिन्छ। अन्य माछाको तुलनामा अर्फिस आकारमा पूर्णतया फरक हुने गर्दछ । टाउकोमा सानो रातो हड्डी छ जबकि शरीर चम्किलो चाँदी झै देखिन्छ । यो ११ मिटर अर्थात् ३६ फिट लामो रहेको छ ।

 

भिडियोमा तपाईंले देख्नु हुनेछ कि माछा किनारमा पुग्ने बित्तिकै मर्छ । यस क्रममा एक व्यक्तिले माछालाई पानीमा छाड्ने असफल प्रयाससमेत पनि गरि रहेका थिए ।

 

जापानी लोककथाका अनुसार गहिरो समुद्रको यो माछाले भूकम्प वा सुनामीको संकेत गर्ने सक्ने जनविश्वास रहि आएको छ । जापानीहरू ओराफिसलाई ‘विपत्तिको चिन्ह’ को रूपमा मान्छन्, यो माछा समुन्द्र बाहिर देखिएमा केही न केही प्रलय हुन्छ भन्ने जापानीहरूको विश्वास रहँदै आएको छ । 

 

सन् २०११ मा फुकुसिमामा गएको शक्तिशाली भूकम्प अघि समुन्द्रको किनारमा ओर्फिस देखिएको बताइएको छ । गत वर्ष लस एन्जलसमा भूकम्प गएको बेला अमेरिकाको क्यालिफोर्नियामा पनि ओर्लफिस देखिएको थियो ।

 

यद्यपि वैज्ञानिकहरूले भनेका छन् कि ओआरफिशको राम्रो चिन्ह वा खराब चिन्हसँग कुनै सम्बन्ध छैन् । ओरिफिसहरू बिरामी हुँदा वा बाटो गुमाउँदा मात्र सतहमा आउँछन् । यस्तो अवस्थामा किनारमा पुग्दा मर्छ । यो दुर्लभ घटनाको रूपमा हेरिन्छ किनभने यो धेरै वर्षमा एक पटकमात्रै आरिफिसलाइ पृथ्वीको सतहमा देख्न सकिन्छ ।

 

 

प्रतिकृया दिनुहोस