• मंगलबार-माघ-२९-२०८१

मस्कले च्याटजिपीटी बेच्न भने पछि अल्टम्यानले भने, 'म ट्वीटर किन्छु'

 

न्युयोर्क, २९ माघ । अमेरिकी अर्बपति एलोन मस्क र ओपनएआईका सीईओ साम अल्टम्यानबीच सामाजिक सञ्जालमा युद्ध सुरु भएको छ ।

 

दुवैले एकअर्काको कम्पनी किन्न प्रस्ताव गरेका छन् । पहिला मस्कले भने कि उनी ओपनएआई किन्न तयार छन् । जवाफमा अल्टम्यानले यो प्रस्ताव अस्वीकार गरे र ट्विटर किन्न प्रस्ताव गरेका छन । यो पूरा मामिला के हो ? आउनुहोस्, जान्नुहोस ।

 

च्याट जिपिटी निर्माता ओपन आइ सन् २०१५ मा मस्क र अल्टम्यानले सँगै सुरु गरेका थिए । मस्क सन् २०१८ मा यस कम्पनीबाट अलग भएका थिए । अहिले केही समय अघि मस्कले ओपनएआई र अल्टम्यानविरुद्ध धेरै मुद्दा दायर गरेका पनि छन् । सुरुमा गैर नाफामुलक भनेर राख्ने भनिए पनि कम्पनी अहिले आफ्नो मौलिक बाटोबाट हटेर एआई उपकरणबाट नाफा कमाउनेतर्फ अघि बढेको मस्कको आरोप छ ।

 

मस्कले आफ्नो कम्पनी एक्स एआइ केही अन्य लगानीकर्ता फर्महरूसँग ओपनएआईलाई १०० अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन् । मस्कले भने कि उनी यसलाई गैर लाभकारी अनुसन्धान प्रयोगशालामा रूपान्तरण गर्न चाहन्छन् । मस्कका वकिलले पनि यसको पुष्टि गरेका छन् । मस्कले अब ओपनएआईलाई ओपन सोर्सतर्फ लैजाने समय आएको बताएका हुन् । यसले सुरक्षामा ध्यान केन्द्रित गर्नुपर्छ र उनीहरूले त्यसो गरिरहने छन् ।

 

मस्कको प्रस्तावलाई अस्वीकार गर्दै अल्टम्यानले उल्टै मस्कको ट्विटर किन्न प्रस्ताव गरेका छन् । उनले लेखेका छन् कि यदि मस्कले चाहान्छन भने उसले ट्विटरलाई ९.७४ बिलियनमा किन्न सक्छन् । जबकी, मस्कले २०२२ मा ४४ अर्ब डलरमा ट्विटर किनेका थिए र त्यसपछि मस्कले वास्तविक मूल्यभन्दा धेरै गुणा बढीमा यो सम्झौता गरेको भनिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस