काठमाडौं । काठमाडौं विश्वविद्यालयले उपकुलपतिका दाबेदारमध्ये १० जनाको नाम सार्वजनिक गरेको छ । अन्तिम सूचीमा परेका २० जना दावेदारमध्येबाट १० जनाको सूची सार्वजनिक गरेको हो ।
२०८१ माघ २८ गते सोमवार साँझ ती १० जनाको नाम सार्वजनिक भएपछि अब उपकुलपति को बन्छ होला भन्ने चासो पनि बढेको छ ।
१० जना दावेदारमध्ये मुख्यगरी चारजनाको नाम बढी चर्चामा आएको छ ।
उपकुलपतिका लागि दावी गर्नेहरुमध्ये भोला थापा निवर्तमान उपकुलपति हुन् भने कामु उपकुलपतिको जिम्मेवारीमा रहेका अच्युत वाग्ले दौडको अग्र पंक्तिमा रहेका छन् । त्यसैले उनीहरुको राजनीतिक पहुँच निर्माणको चरणमा पनि प्रवेश गरिसकेका छन् ।
यी दुईजना वाग्ले र थापाको विषयमा व्यापक विरोध पनि भइरहेको छ । वाग्लेले थापालाई राेक्ने र थापाले वाग्लेलाई रोक्ने रणनीति लिएका कारण पनि वढी विवाद देखिएको केयुका प्राध्यापकहरू चर्चा गर्छन् । एकप्रति अर्को असहिष्णु भएर लाग्दा दुबैका विभिन्न कमजोरीहरू पनि छताछुल्ल भइसकेका छन् ।
यता, उनीहरुको कुरामा लफडा भएको अवस्थाबाहेक अन्य दुईजनाको नाम पनि निकै चर्चामा रहेको छ । वालचन्द्र लुईटेल र राजेन्द्र कोजुको नाम पनि उपकुलपतिको बलियाे दावेदारमा रहेको छ । लुईटेल शिक्षाको डीन हुन भने कोजु चिकित्सशास्त्र अध्ययन संस्थानको डीन भएर काम गरेका छन् । उनीहरुको नाम पनि अगाडि आएपछि छनौट समितिका संयोजक सुरेशराज शर्मा भने यी तीनै जनासँग सकारात्मक नभएको चर्चा छ ।
कोजुसहितका मेडिकल टीमलाई प्रतिस्पर्धामा आउनबाटै शर्माले रोकेका थिए । पछि लामो विवादपछि प्रतिस्पर्धामा आउन दिएका हुन् । अर्कातिर, लुईटेलहरु त शर्माको भूमिका विवादास्पद भएको भन्दै कुलपति केपी ओलीलाई पत्र बुझाउन नै गएका थिए ।
पहिलो चरणका प्रतिस्पर्धी १६ जना मध्ये ७ जनाले पत्र बुझाउनेमध्ये एकजना हुने लुईटेल । अनि, वाग्लेसँग पनि शर्मा सकारात्मक छैनन् । शर्मा चाहिं जसरी पनि थापालाई नै दोहोर्याउने पक्षमा रहेका छन् । तर, कांग्रेस सभापति शेरबहादुर देउवाको टीम भने वाग्लेको पक्षमा रहेको स्राेतकाे दावी छ ।
त्यसैले, छनौट चर्कै समस्यामा परेको देखिन्छ । त्यसो त, पूर्वउपकुलपति रामकण्ठ माकाजुसहितको टीम भने कोजुलाई बनाउनुपर्ने पक्षमा रहेका छन् । अब चाहिँ ३ जना सिफारिश गर्दा को को पर्छन् ? भन्ने चासोको विषय बनेको छ । त्यसमा पनि शर्माको भूमिकाको विषय बढी चासोमा परेको छ ।
प्रतिकृया दिनुहोस