संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ः०० बजेदेखि सुरू हुनेछ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) बिधेयक, २०८१ लाइ प्रस्तुत गर्न अनुमति माग्ने तथा प्रस्ताव प्रस्तुत गर्ने भएका छन् ।
साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य ब्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको भ्रष्टचार निवारण (पहिलो संसोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गराउन प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस