प्रतिनिधिसमा सुरू, सरकारले प्रस्तुत गर्न सकेन अध्यादेश
काठमाडौं । प्रतिनिधिसभा बैठक सुरू भएको छ। बिहीबारको प्रतिनिधिसभामा सरकारले संसदमा लगेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने भएका छन् । प्रतिनिधिसभामा अध्यादेशको कार्यसूची नै हटाइएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस र एमाले अध्यादेश प्रस्तुत गर्न पछि हटेपछि कार्यसूची फेरिएको हो। प्रतिनिधिसभामा सांसदहरूले विभिन्न ठाउँका समस्याबारे कुरा राखिरहेका छन् । राष्ट्रिय सभामा देखिएको अंकगणितका कारण अध्यादेश पास नहुने देखिएपछि सत्तापक्ष अध्यादेश प्रस्तुत गर्न पछि हटेको हो ।
अध्यादेश पास हुन जनता समाजवादी पार्टी (जसपा)सँग सत्तारुढ दलले सहकार्य गर्न जरुरी छ। जसपासँगको संवाद टुंगोमा नपुगेकाले बिहीबार अध्यादेश प्रस्तुत गर्न नसकिएको एमालेका एक नेताले बताए ।
राष्ट्रिय सभामा सत्तापक्ष एमाले-कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका २७ जना सांसद छन्। अध्यादेश पास हुन ३० संख्या पुर्याउनुपर्ने हुन्छ, जो जसपासँग तीन सिट छ । जसपाले मधेस प्रदेशको मुख्यमन्त्री माग गरेको छ। उक्त माग दिनेबारे कांग्रेस-एमालेमा सहमति जुटिसकेको छैन ।

प्रतिकृया दिनुहोस