गाईको जन्मदिनमा चार हजारलाई भोज
हिन्दू धर्ममा गाईलाई आमाको रूपमा पूजा गरिन्छ । गाईको माताको रुपमा पूजा गर्दै आएपनि के तपाईंले कहिल्यै गाईको जन्मदिन घरमा विवाह भएको जस्तै गरी मनाएको सुन्नुभएको छ ? हो, छिमेकी मुलुक भारतको नासिकका एकजना मानिसले आफ्नो गाईको जन्मदिन ठूलो धुमधामका साथ मनाए । यस अनौठो जन्मदिन समारोहमा लगभग चार हजार मानिसहरू सहभागी भए । हरेक वर्ष जस्तै, नासिकस्थित शिन्दे पडसे गाउँका रामेश्वर सदगीरले यस पटक पनि गाईको जन्मदिन मनाएपछि यसको चर्चा जताततै भइरहेको छ । उनको त्यो भिडियो सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ ।
रामेश्वरले बाल्यकालदेखि नै गाईको सेवा गर्दै आएका छन् । सन् २०१६ को जनवरीमा उनले जोधपुरबाट एउटा गाई ल्याएका थिए र त्यसको नाम गीता राखेका थिए । गीतालाई ल्याएको ७ वर्षमा रामेश्वरको परिवारले धुमधामसँग जन्मदिन मनाइदिएका हुन् । रामेश्वरले कोरोना फैलिएसँगै आफूलाई पनि कोरोना संक्रमण भएको र दैनिक गाईको मूत्र पिएका कारण आफू बाँच्न सफल भएको बताउछन् । रामेश्वर भन्छन्, ‘गाईले मलाई जीवन दियो । हिन्दु धर्ममा गाईको महत्व छ । शास्त्रहरूमा पनि गाईलाई महत्वपूर्ण मानिएको छ । त्यसैले, गौमूत्र पिएर म कोरोना जस्तो रोगबाट निको भएँ । यो सबै गीताकै कारण सम्भव भयो । त्यसैले म उनको भव्य जन्मदिन मनाउँदैछु ।’
रामेश्वरको निर्माण सामग्री बिक्री गर्ने पसल छ । घरमा गीता भित्रिएपछि उनको व्यवसाय पनि अगाडि बढेको छ । अहिले गीता ७ वर्षकी भइन् र उनले सीता, वाघ्य, सन्तोषी र लक्ष्मण नामका चार बाच्छाहरूलाई जन्म दिएकी छिन् । त्यसैले, यो गाईको जन्मदिनको लागि ठूलो कार्यक्रम आयोजना गरिएको थियो । हिन्दीन्यूज१८ का अनुसार कार्यक्रममा चार हजार जना मानिस सहभागी थिए । साथै, स्थानीय सरपञ्चको उपस्थितिमा जन्मदिनको केकसमेत काटिएको थियो । रामेश्वरले भविष्यमा पनि गाईको जन्मदिन मनाउँदै जाने बताए । (एजेन्सी/साँघु साप्ताहिक, २०८१ माघ २१)

प्रतिकृया दिनुहोस