माल्टामा मनाइयो सोनाम ल्होछार, मुख्यमन्त्रीले दिए शुभकामना
माल्टा । तामाङ समाज माल्टाले सोनाम ल्होछार मनाएको छ । मञ्जुश्री सम्बत् २८६१ डुल स पुख्री (सर्प बर्ग) ल्होको अवसरमा समाजले विशेष कार्यक्रमका साथ सोनाम ल्होछार मनाएको हो ।
माल्टाको जिरास्थित अर्फियम थेयटरमा बृहत् साँस्कृतिक कार्यक्रमको आयोजना गरेर धुमधामका साथ ल्होछार मनाइएको समाजका महासचिव अशिम लोप्चनले जानकारी दिए।
कार्यक्रममा तामाङ समुदायको सँस्कृति झल्कने खालका विशेष सांगीतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध साँस्कृतिक झलकहरु प्रस्तुत गरिएको थियो ।
सो अवसरमा भर्चुअल माध्यमबाट कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले बिदेशमा आर्जन गरेको ज्ञान र सीपलाई नेपाल भित्र्याउन जोड दिंदै नेपाली उत्पादनसंग जोड्न आग्रह गरे ।
कार्यक्रममा तामाङ समुदायसहित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सांस्कृतिक प्रस्तुति, परम्परागत नृत्य, संगीत र तामाङ संस्कृतिसँग सम्बन्धित विविध प्रस्तुतीहरूले कार्यक्रम थप उल्लासमय बनेको थियो ।
सोनाम ल्होछार तामाङ समुदायको नयाँ वर्षको उत्सव हो । जसलाई विशेष रूपमा परम्परागत रीतिरिवाज र धार्मिक आस्थासँग जोडेर मनाइन्छ ।
कार्यक्रमका वक्ताहरूले तामाङ संस्कृति, परम्पराको संरक्षण र प्रवद्र्धनको महत्त्वमाथि जोड दिएका थिए । प्रवासमा तामाङ परिकारहरूको विशेष स्वाद, परम्परागत पोशाक र लामा गुरुहरूको धार्मिक अनुष्ठानले तामाङ समुदायको संस्कृति, परम्परा र एकताको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याएको समाजले जनाएको छ ।
कार्यक्रम समाजका अध्यक्ष सुनिल दोङको अध्यक्षता, सह–कोषाध्यक्ष अमृत तामाङको संयोजन तथा प्रचारप्रसार बिभाग प्रमुख रबिन तामाङ र हेमा लामाको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस