• बिहीबार-माघ-१७-२०८१

‘छावा’बाट विक्की कौशल र रश्मिकाको डान्स हटाइने

 

मुम्बई, १५ माघ । विक्की कौशलको फिल्म ‘छावा’ अहिले चर्चामा छ । यो फिल्मलाई लिएर फ्यानहरूमा निकै उत्साह पाइएको छ । हालै रिलिज भएको फिल्मको ट्रेलरले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । 

 

तर ट्रेलर सार्वजनिक भएसँगै फिल्मलाई लिएर विवाद सुरु भएको छ । वास्तवमा यस फिल्मको ट्रेलरमा एउटा दृश्य छ, जसमा विक्की कौशलको चरित्र छत्रपति संभाजी महाराज विशेष प्रकारको नृत्य गरिरहेको देखाइएको छ । यो विषयमा मात्रै धेरै बिरोध चलिरहेको छ । विरोधपछि हालै फिल्मका निर्देशक लक्ष्मण उतेकरले राज ठाकरेलाई भेटेर फिल्मको विरोधका सम्बन्धमा उचित कार्य गर्ने प्रतिबद्दता जनाएका छन ।

 

विक्की कौशलको फिल्म छावाका निर्देशक लक्ष्मण उतेकरले मिडियासँगको कुराकानीमा भने– ‘मैले राज ठाकरेलाई भेटेको छु । उहाँ धेरै ज्ञानी र शिक्षित व्यक्ति हुनुहुन्छ। त्यसैले फिल्मको सन्दर्भमा उहाँबाट केही निर्देशन र सुझाव पनि लिएको छु । म पनि भन्न सक्छु कि उहाँका शब्दहरू मेरो लागि लाभदायक साबित हुँदैछन् । उहाँलाई भेटेपछि मैले फिल्मबाट त्यो दृश्य हटाउने निर्णय गरेको छु, जसमा संभाजी महाराजको भूमिकामा विक्की कौशलले वैध नृत्य गरेको देखिन्छ । वैध नृत्य दृश्य त्यति महत्त्वपूर्ण छैन । संभाजीको छवि धेरै ठूलो छ । त्यसैले फिल्मबाट विक्की कौशल र रश्मिका मन्डनाको यो डान्स हटाउनेछौं ।’

 

उनका अनुसार अब यो फिल्म महाराष्ट्रका ठूला नेता र संभाजी महाराजका सन्तानले पनि हेर्नेछन् । शिव सेना नेता एकनाथ शिन्दे र महाराष्ट्रका क्याबिनेट मन्त्री दादा भुसेले फिल्म छावामा आपत्तिजनक दृश्य समावेश गर्नुहुँदैन भनेका छन, ‘यो दृश्य अलिकति गलत भयो ।’

 

तर जानकारी अनुसार यो फिल्म जनवरी २९ मा महाराजका सन्तानलाई देखाइनेछ र त्यसबेला त्यसबाट यी आपत्तिजनक दृश्यहरू हटाइनेछ किनभने महाराजका वंशज र महाराष्ट्रका सम्पूर्ण जनता यसबाट दुःखित देखिएका छन् ।


हामी सबैले महाराजलाई भगवान मान्छौं र उनको कीर्ति र वीरता सारा संसारमा देखाउनु पर्छ तर त्यस्ता गलत दृश्यहरू समावेश गर्नु हुँदैन भन्नेमा फिल्मका निर्मता र निर्देशक अहिले कन्भिन्स भएका छन । ‘छावा’ को रिलिज डेटको कुरा गर्दा यो फिल्म १४ फेब्रुअरी २०२५ मा हलमा रिलिज हुनेछ ।

प्रतिकृया दिनुहोस