• बिहीबार-माघ-१७-२०८१

भारतमा महाकुम्भ मेलामा भागदौड हुँदा मृ त्यु हुनेको सङ्ख्या ३० पुग्यो

 

नयाँ दिल्ली, १६ माघ (रासस/सिन्ह्वा) : भारतको उत्तर प्रदेशमा हिन्दूहरूको महाकुम्भ मेलामा बुधबार बिहान भागदौड हुँदा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै अन्य ६० जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

गङ्गा, यमुना र सरस्वती नामको तीन नदीको सङ्गममा पवित्र स्नान गर्न मौनी अमावस्याको पवित्र दिन करिब १० करोड मानिस भेला भएको थियो । मृतक ३० मध्ये २५ जनाको सनाखत भइसकेको र बाँकी शवको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

 

एक वरिष्ठ प्रहरी अधिकारीले स्थानीय समय अनुसार बिहान १ः०० देखि २ः०० बजेको बीचमा भागदौड भएको बताउनुभयो ।
---

 

 

प्रतिकृया दिनुहोस