प्रेस चौतारी तेह्रथुममा नेपाली, रूकुम पश्चिममा खत्री
काठमाडौं, १५ माघ । प्रेस चौतारी नेपालका विभिन्न जिल्लामा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । सोमबार सम्पन्न तेह्रथुम जिल्लाको आठौँ जिल्ला अधिवेशनबाट उमेश नेपालीको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
जसको उपाध्यक्षमा विकास गुरुङ र महिला उपाध्यक्षमा बालिका लिम्बु, सचिव विनोद भट्टराई र सहसचिव सरस्वती राई र डिबी लिम्बु लिम्बु निर्वाचित भएका छन भने अधिवेशनबाट कोषाध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित भएका छन् ।
यसै गरी प्रेस चौतारी नेपाल रुकुम पश्चिमको सातौँ जिल्ला अधिवेशन पनि सम्पन्न भएको छ । अधिवेशनले परिचन्द्र खत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । त्यस्तै प्रेस चौतारी नेपाल बर्दियाको नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले यज्ञप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

प्रतिकृया दिनुहोस