सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै
काठमाडौं, १४ माघ । हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ । माघ १८ गते देखि सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन ।
जसअनुसार सभामुख घिमिरेले आज बिहान ११ बजेबाट प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरवारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
हिजो बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले सो पछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।
सभामुख घिमिरेका सचिवालयका अनुसार भोली दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा तय गरिएको छ। साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस