• बुधबार-माघ-१६-२०८१

खाँदबारी-किमाथांका सडकखण्डको निरीक्षण, प्रगति जानकारी लिंदै मन्त्रीहरूको टोली

 

काठमाडौं, माघ १४ गते : नेपाल सरकारका विभिन्न मन्त्रीहरूले २०८१ माघ १४ गते नेपाली सेनाद्वारा निर्माणाधीन खाँदबारी-किमाथांका सडकखण्डको च्याम्ताङ्ग-घोङ्घप्पा ट्र्याकको निरीक्षण गरेका छन् ।

 

उक्त सडक खण्डको निरीक्षणमा भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, रक्षा मन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का सहभागी थिए। मन्त्रीहरूले सडक निर्माणको प्रगति र विविध पक्षहरूको बारेमा नेपाली सेनाबाट विस्तृत जानकारी प्राप्त गरे।

 

खाँदबारी-किमाथांका सडक आयोजना अन्तर्गत च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.५१ किलोमिटर सडक खण्ड खोल्ने जिम्मेवारी नेपाली सेनालाई २०७६ भदौ २२ गते मन्त्रिपरिषद्को निर्णयअनुसार दिइएको थियो।
  आ.व. २०८२/८३ सम्म यो सडक खण्ड पूर्णरूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। वर्तमानमा उक्त सडकको ट्र्याक खोलिसकिएको छ र हाल सडक चौडा गर्ने कार्य जारी छ।

मन्त्रीद्वयले सडक निर्माणको प्रगति र यसको स्थानीय विकासमा हुने प्रभावका बारेमा सकारात्मक धारणा व्यक्त गरेका छन्। यस सडकले खाँदबारी र किमाथांका क्षेत्रको यातायात सुधार गर्ने, व्यापारिक गतिविधिहरूलाई प्रवर्धन गर्ने र जनजीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

यो आयोजना नेपाली सेनाको नेतृत्वमा भइरहेको एक महत्त्वपूर्ण परियोजना हो, जसले सरकारको राष्ट्रिय गौरवको परियोजनाहरूमा थप योगदान पुर्याउनेछ। सडक निर्माण कार्यको निरन्तर प्रगति र सफलताले प्रदेशका जनतालाई थप सुविधाहरू र अवसरहरू प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

 

 

प्रतिकृया दिनुहोस