• सोमबार-माघ-१४-२०८१

प्रधानमन्त्री ओली अस्वस्थ भएपछि औपचारिक कार्यक्रमहरूमा सहभागी भएनन्

काठमाडौं, २०८१ माघ १२ – प्रधानमन्त्री केपी शर्मा ओली घाँटीमा समस्या उत्पन्न भएर अस्वस्थ भएका छन्। अस्वस्थताका कारण, २०८१ माघ १२ गते शनिवार र १३ गते आइतवारका दिन प्रधानमन्त्री ओली निर्धारित औपचारिक कार्यक्रमहरूमा सहभागी हुन सकेनन् ।

 

प्रधानमन्त्री ओलीको घाँटीमा  समस्या देखिएको हो, जसका कारण प्रधानमन्त्री  २०८१ माघ ९ गते सशस्त्र प्रहरी बलको २४औं सशस्त्र प्रहरी दिवसको प्रमुख अतिथिका रूपमा सहभागी हुनसमेत असमर्थ रहेकाे खबर गरिएकाे थियाे ।  २०८१ माघ ११ गते भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको प्रधानमन्त्री केपी शर्मा ओलीबाट  ब्रेक थ्रु  भएकाे थियाे ।

 

तर,  हिजाे र आज प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको जानकारी प्राप्त भएको छ। प्रधानमन्त्री निवास बालुवाटारका स्रोतका अनुसार, २०८१ माघ १३ गते प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सामान्य सुधार आएको र केही भेटघाटका कार्यहरू प्रधानमन्त्री निवासमा भएका थिए ।

 

यसैगरी, प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप सुधारका संकेतहरु देखिएकाले २०८१ माघ १४  गते साेमवार बाहिर निस्किन सक्ने सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस