नेपालमा भारतको ७६औं गणतन्त्र दिवस समारोह सम्पन्न
काठमाडौँ, २६ जनवरी २०२५ – नेपालस्थित भारतीय दूतावासमा भारतको ७६ औं गणतन्त्र दिवस धूमधामसँग मनाइएको छ। समारोहको आरम्भ भारतीय दूतावासका राजदूतद्वारा भारतको राष्ट्रिय ध्वजाको फहराइबाट गरिएको थियो। राजदूतले नेपालमा रहेका भारतीय समुदायका सदस्यहरुलाई शुभकामना व्यक्त गरे। त्यसपछि भारतका राष्ट्रपतिका सम्बोधनको टेलिकास्ट गरिएको थियो।
समारोहमा भारतीय सशस्त्र सेनाका शहीद सैनिकहरूको विधवा र मृतकका परिवारलाई ५ करोड नेपाली रुपैयाँको चेक वितरण गरी सम्मानित गरियो। यसका साथै, २०२४ मा भारतीय सशस्त्र सेनाका २१९ शहीद सैनिकहरूको विधवा र परिवारलाई २३.२९ करोड नेपाली रुपैयाँको भुक्तानी गरिएको छ।
यस भुक्तानीमा आर्मी ग्रुप इन्सुरेन्स (AGI) कार्यक्रम अन्तर्गत मृत्युको सेवाको लाभ, बृद्धि भएको बीमा लाभ र AGI परिपक्वता भुक्तानी समावेश गरिएको छ।
भारतीय दूतावासले "भू पु- २०२५" पत्रिका पनि लोकार्पण गर्यो, जसमा नेपालमा बसोबास गर्ने भूतपूर्व सैनिकहरूको कल्याणको लागि भारत सरकारले गरेको पहलहरूको विस्तृत विवरण समावेश गरिएकाे छ।
यस समारोहमा दूतावासले नेपालका २९ शैक्षिक संस्थानलाई २३.५ लाख नेपाली रुपैयाँ बराबरका पुस्तकहरू दान गरेको छ। यस पहलले विशेष गरी दूरदराजका विद्यार्थीहरूको शैक्षिक सामग्रीको आवश्यकता र अनुरोधहरूको जवाफ दिने उद्देश्य राखेको छ।
भारतको "भारत को जानिए (BKJ)" क्विज प्रतियोगितामा नेपालका ५० उत्कृष्ट प्रतिस्पर्धीलाई प्रमाणपत्र प्रदान गरी सम्मानित गरिएको छ। उक्त क्विज प्रतियोगिता ११ नोभेम्बर २०२४ देखि ११ डिसेम्बर २०२४ सम्म सम्पन्न भएको थियो र यसले विश्वभरका विदेशि नागरिक र भारतीय समुदायलाई भारतको बारेमा गहिरो ज्ञान र बुझाइ प्राप्त गर्न प्रेरित गर्न लक्ष्य राखेको छ।
प्रतियोगितामा नेपालका निकिल कुमार दास पनि विजेता बने र यस महिनाको शुरुवातमा भारतमा भएको विशेष यात्रा "BKJ यात्रा"मा भाग लिएका थिए।
समारोहको क्रममा भारत-नेपाल सम्बन्धमा हालसम्मका उपलब्धिहरूको एक भिडियो प्रस्तुत गरियो।
कार्यक्रमको समाप्तिमा भारतीय दूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र काठमाडौँ स्थित केन्द्रीय विद्यालयका विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
समारोहको लाइभ स्ट्रिमिङ दूतावासका सामाजिक मिडिया प्लेटफर्महरूमा गरिएकाे थियाे ।

प्रतिकृया दिनुहोस