• बुधबार-माघ-९-२०८१

घर धितो राखेर ‘इमर्जेन्सी’ बनाएकाे कंगनाकाे खुलासा

 

मुम्बई, ९ माघ । बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनावत यतिबेला आफ्नो फिल्म ‘इमर्जेन्सी’को कारण चर्चामा छिन् । 

 

अहिले यो फिल्मको तारिफ भइरहेको छ भने इन्दिरा गान्धीको भूमिकामा देखिएकी कंगनाको अभिनयको पनि निकै तारिफ भइरहेको छ । योसँगै फिल्मको बक्स अफिस कलेक्सन पनि राम्रो छ । यसैबीच कंगनाले केही यस्ता खुलासा गरेकी छिन्, जसले मानिसलाई अचम्ममा पारेको छ ।


कंगना रनौतले फिल्म ‘इमर्जेन्सी’ बनाउन निकै कठिनाइको सामना गर्नुपरेको बताइन् । उनले यो फिल्मका लागि आफूलाई कसैको सहयोग नलिएको  बताउँदै आफ्नो मेहनतले यो फिल्म बनाएको जानकारी दिएकी थिइन् ।  उनले आफैंले फिल्म निर्देशन गरेकी थिइन् र इन्दिरा गान्धीको भूमिका पनि निभाएकी थिइन् ।

 

कंगनाले यो फिल्म बनाउनको लागि आफ्नो घर धितो राख्नु परेको खुलासा गरेकी छिन । उनका अनुसार किन भने कुनै पनि निर्माता वा ओटीटी प्लेटफर्मले उनलाई कुनै मद्दत गरेनन् । कंगनाको यो भनाइ सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

 

‘इमर्जेन्सी’ मा कंगनासँगै अनुपम खेर, श्रेयस तलपदे, महिमा चौधरी र स्वर्गीय सतीश कौशिक जस्ता स्टारहरू पनि महत्त्वपूर्ण भूमिकामा देखिएका छन् । सैकनिल्कका अनुसार यो फिल्मले चार दिनमा भारतमा ११ करोड ४० लाख मात्रै कमाएको छ ।

 

 

प्रतिकृया दिनुहोस