• बुधबार-माघ-९-२०८१

यस बर्ष धमाका मचाउने यी हुन् ७ बलिउड फिल्म

 

 

मुम्बई, ९ माघ । सन २०२५ भारतीय सिनेमाको लागि विशेष वर्ष हुन गइरहेको छ किनभने यस वर्ष धेरै उत्कृष्ट फिल्महरू रिलिज हुन लागेका छन्, जसले विश्वभरका दर्शकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएका छ । 

 

यीमध्ये केही फिल्म सिक्वेल हुन् भने केही नयाँ र अनौठो कथामा आधारित रहेका छन्, जसले कथा कथनको तरिका बदलेर भारतीय चलचित्रको विश्वव्यापी चमकलाई अझ बलियो बनाउने जनाइएको छ ।

 

यी बहुप्रतिक्षित चलचित्रका बारेमा थाहा पाउनुहोस् ।

 

कान्तारा–१ : एक पौराणिक कथा

कान्ताराको सफलतापछि यसको प्रिक्वेल दर्शकका लागि झनै रोमाञ्चक बन्न लागेको छ । जसमा काल्पनिक र लोककथाको मिश्रण हुनेछ । ऋषभ शेट्टीद्वारा निर्देशित यो फिल्मले उत्कृष्ट दृश्य र भावनात्मक अनुभव दिनेछ। यो फिल्म २ अक्टोबर २०२५ मा सिनेमाघरहरूमा रिलीज हुनेछ र बक्स अफिसमा हिट हुने अपेक्षा गरिएको छ ।

 

देवा


रोशन एन्ड्रयूज एक शानदार थ्रिलर ‘देवा’ लिएर आउँदैछन्, जसमा शाहिद कपूर एक पुलिस अफिसरको भूमिकामा बोल्ड र विद्रोही शैलीमा देखिएका छन् । यस फिल्ममा पूजा हेगडे प्रमुख महिलाको भूमिकामा छिन् र फिल्मले दर्शकहरूलाई एक गहन सिनेमाई अनुभव दिने जनाइएको छ ।

 

वार–२ 


एसराज स्पाइ युनिभर्स अन्तर्गत वारः२ को ठूलो घोषणा गरिएको छ, जसमा ऋतिक रोशन र जुनियर एनटिआरको जोडी देखिनेछ । एक्शनले भरिपूर्ण यो सिक्वेललाई आयन मुखर्जीले निर्देशन गरेका हुन् भने फिल्ममा कियारा आडवाणी पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । यो फिल्म १४ अगस्ट २०२५ अर्थात् स्वतन्त्रता दिवसमा रिलिज हुनेछ ।

 

सिकन्दर

सलमान खान २०२५ को ईदमा सिकन्दरसँग रक गर्न तयारी अवस्थामा छन् । ए.आर. मुरुगादासको यो एक्शन–प्याक फिल्ममा रश्मिका मन्डन्ना, शरमन जोशी र सत्यराज पनि महत्त्वपूर्ण भूमिकामा छन्, जसले ठूलो ब्लकबस्टर हुने अनुमान गरिएको छ।

 

१२० बहादुर

एक्सेल इन्टरटेनमेन्ट र ट्रिगर ह्याप्पी स्टुडियोको फिल्म ‘१२० बहादुर’ २१ नोभेम्बर २०२५ मा रिलिज हुँदैछ । फिल्ममा फरहान अख्तर मुख्य भूमिकामा रहेका छन् । फिल्मले मेजर शैतान सिंह पीवीसी र १९६२ को रिजांग लाका नायकहरूको अतुलनीय बहादुरीलाई सम्मान गर्दछ ।

 

हाउसफुल : ५

हाउसफुलः५ फेरि एकपटक दर्शकहरूलाई हाँसोले भर्न तयारी अवस्थामा रहेको छ, जसमा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बच्चन, सञ्जय दत्त, ज्याकलिन फर्नान्डिसजस्ता स्टारहरू देखिनेछन् । तरुण मनसुखानीको निर्देशनमा बनेको र साजिद नाडियाडवालाको निर्माणमा बनेको यो फिल्म पहिला झै कमेडीको पूर्ण प्याकेज बन्न लागेको हो ।

 

लाहोर १९४७

गदरः २ को भव्य सफलता पछि सनी देओल आफ्नो अर्को ठूलो फिल्म लाहोर १९४७ को सुटिङमा ब्यस्त रहेका छन । फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गरेका हुन् भने आमिर खानले आफ्नो प्रोडक्सन कम्पनी आमिर खान प्रोडक्सनले निर्माण गरिरहेको छ ।

 

 

प्रतिकृया दिनुहोस