• बिहीबार-पौष-२५-२०८१

कुम्भ मेला धार्मिकतासँग मात्रै होइन, खगोलीय बिज्ञानसँग पनि जोडिएको छ !

 

काठमाडौं, २५ पुस । भारतको प्रयागराजमा महाकुम्भ मेला सुरु हुन अब केही दिन मात्रै बाँकी रहेको छ । 

 

नदीको यो संगममा डुब्नका लागि देश तथा विदेशका कुना–कुनाबाट यहाँ करोडौं हिन्दु भक्तहरू आउने  गर्दछन् । प्राचीन हिन्दू ग्रन्थहरूमा यो लगभग २ हजार वर्षदेखि चलिआएको प्रचलन हो ।  यति मात्र होइन कुम्भ मेलालाई हिन्दू धर्मको महान् पर्व पनि मानिन्छ ।

 

यसको निकै नै धार्मिक महत्व रहेको छ तर तपाईंलाई थाहा हुनेछ कि कुम्भको धार्मिक महत्व मात्र छ वा यसको पछाडि कुनै वैज्ञानिक कारण छ । खासमा महाकुम्भ मेला धार्मिक कार्यक्रम मात्र होइन, यो मानव र ब्रह्माण्डबीचको सम्बन्धको अद्भुत संगम पनि हो । सन २०२५ जनवरी १३ वाट सुरु हुने महाकुम्भले करोडौं भक्तहरूलाई मात्र आकर्षित गर्नेछैन, तर यसको घटना पछाडिको खगोलीय र वैज्ञानिक तथ्यहरूमा पनि प्रकाशसमेत पार्नेछ । याे महाकुम्भ मेला १२४ बर्ष पछि लाग्न लागेकाे हाे । 

 

महाकुम्भको सुरुवात


महाकुम्भको शुरुवात सागर मन्थनको पौराणिक कथासँग जोडिएको छ। यस पौराणिक कथा अनुसार देवता र दानवहरूले अमृत प्राप्त गर्न समुन्द्र मन्थन गरेका थिए । यसरी मन्थन गरिएको अमृत कलसवाट चार ठाउँमा खसे, ती ठाउँ हुन– प्रयागराज, हरिद्वार, उज्जैन र नासिक। अहिलो यो ठाउँमा कुम्भ मेला आयोजना गर्ने केन्द्र बनेकोन छ ।  ‘कुम्भ’ शब्द आफैंमा अमृत भाँडाको प्रतीक हो, जुन अमरता र आध्यात्मिक पोषणको प्रतीक हो ।

 

खगोलीय घटना


महाकुम्भको समय खगोलीय घटनाहरूमा आधारित छ। बृहस्पति, सूर्य र चन्द्रमाको विशेष संयोजन हुँदा यो मेला आयोजना गरिन्छ। बृहस्पतिको १२ वर्षको परिक्रमा चक्र र पृथ्वीसँगको यसको विशेष स्थितिले घटनालाई शुभ बनाउँछ ।

 

२०२४ मा डिसेम्बर ७ मा बृहस्पति यसको ठिक उल्टो दिशमा हुनेछ तर पृथ्वी भने सूर्य र बृहस्पतिको बीचमा हुनेछ। यो स्थितिले बृहस्पतिलाई रातको आकाशमा अत्यन्त उज्यालो बनाउने गर्दछ । जनवरी २०२५ मा यो ग्रहले विशेष ध्यान आकर्षित गर्नेछ। यसका साथै शुक्र, शनि, बृहस्पति र मंगल ग्रहको विशेष खगोलीय घटनाले उत्साह थपिने छ।

 

खगोल विज्ञान

महाकुंभको संगठनले प्राचीन भारतीय खगोलीय विज्ञानको गहिरो समझ प्रकट गर्दछ। घटना स्थल र समय दुवै पृथ्वीको चुम्बकीय क्षेत्र र ग्रह स्थितिको आधारमा निर्धारण गरिन्छ। यसले देखाउँछ कि हाम्रा पुर्खाहरूलाई खगोलीय विज्ञान र जैविक प्रभावहरूको बारेमा कति धेरै गहिरो ज्ञान थियो ।

 

कुम्भ राशिको भौगोलिक महत्व


कुम्भ मेला स्थलहरू भू चुम्बकीय ऊर्जाको आधारमा छनोट गरिएको हो । यी स्थानहरू विशेष गरी नदी संगम क्षेत्रहरू आध्यात्मिक विकासको लागि अनुकूल मानिन्छन् । प्राचीन ऋषिहरूले यी स्थानहरूमा ध्यान, योग र आध्यात्मिक प्रगतिको लागि उपयुक्त ऊर्जाको प्रवाह अनुभव गरेका थिए र तिनीहरूलाई पवित्र घोषित गरिदिए ।

 

कुम्भमा स्नान गर्ने विज्ञान


वैज्ञानिक दृष्टीकोणवाट कुम्भ मेला मानव शरीरमा ग्रह र चुम्बकीय क्षेत्रको प्रभाव बुझ्नको लागि उत्तम समय हो । जैविक चुम्बकत्वका अनुसार मानव शरीरले चुम्बकीय क्षेत्रहरू उत्सर्जन गर्छ र बाह्य ऊर्जा क्षेत्रहरूद्वारा प्रभावित हुन्छ। कुम्भमा स्नान र ध्यान गर्दा महसुस हुने शान्ति र सकारात्मकताको कारण यी ऊर्जा प्रवाहहरूमा निहित रहेका हुन्छन् ।

 

विज्ञान र अध्यात्मको संगम


ग्रहहरूको स्थितिले आध्यात्मिक मात्रै नभई वैज्ञानिक दृष्टिकोणले पृथ्वी र मानिसमा पार्ने प्रभावलाई पनि देखाउँछ । बृहस्पति, सूर्य र चन्द्रमाको विशेष संयोजनले पृथ्वीको चुम्बकीय क्षेत्रलाई असर गर्छ । यी खगोलीय संयोगहरूमा कुम्भमा स्नानको महत्त्व अध्यात्म र विज्ञानको समन्वय हो ।

 

जनवरी १३ बाट सुरु हुने सन् २०२५ को महाकुम्भमा प्रयागराजमा करोडौं भक्तजन भेला हुदैँछन् । यो एक धार्मिक घटना मात्र होइन, यो विज्ञान र संस्कृतिको एक अद्वितीय संगम पनि हो । खगोल विज्ञान, भूगोल र अध्यात्मको संयोजन भएको यस मेलाले मानवताको ब्रह्माण्डीय सम्बन्ध बुझ्ने अद्भुत अवसर प्रदान गर्नेछ ।

 

महाकुम्भ केवल एक धार्मिक घटना होइन । यो त प्राचीन भारतको गहिरो वैज्ञानिक र खगोलशास्त्रीय समझको प्रतीक हो । यो मेलाले हामीलाई सिकाउँछ कि आस्था र विज्ञानमा कुनै विभाजन छैन, बरु दुवै मिलेर मानवताका लागि मार्गदर्शक बन्छन् ।

 

 

प्रतिकृया दिनुहोस