• शुक्रबार-पौष-२६-२०८१

सूर्यदर्शन सहकारी बचत अपचलन प्रकरण : धरौटी बुझाएर छुटे तीन जना

 

कास्की । सूर्यदर्शन सहकारी बचत रकम अपचलन मुद्दामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित सात जनालाई धरौटीमा रिहा गर्न आदेश दिएसँगै तीन जनाले धरौटी रकम बुझाएका छन् ।

 

आरती गुरुङ, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङ धरौटी रकम बुझाएर हिरासत मुक्त भएका हुन् । आरती र मीनालाई ५–५ लाख रुपैयाँ तथा कृष्णलाई १ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । लीला पछाईँलाई भने अदालतले माग गरेको ३७ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कारागार चलान भएकी छन् ।

 

लामिछानेलाई ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, राम खनाललाई १५ लाख धरौटी माग गरिएकोमा उनीहरू धरौटी बुझाउने प्रक्रिया थालेको बताइएको छ ।

प्रतिकृया दिनुहोस