मुगुका समन्वय प्रमुख सवारी दुर्घटनामा घाइते
मुगु । नवलपुरको कावासोतीमा भएको सवारी दुर्घटनामा मुगु जिल्ला समन्वय समितिका प्रमुख मञ्जन कार्की घाइते भएका छन् ।
दुम्कीबासबाट कावासोती तर्फ आउँदै गरेको खाली टिपर र काठमाडौंबाट मुगु तर्फ जाँदै गरेका ५० वर्षीय कार्की सवार सुमो गाडी पूर्व–पश्चिम राजमार्गको कावासोती– १६ चालिसकिलो जंगलमा एक–आपसमा ठक्कर खाएको हो ।
बागमती प्रदेश ०६–००१ ख ०२३१ नम्बरको टिपर र प्रमुख कार्की सवार गरेको गाडी नम्बर बा.१झ ९११६ को सुमोमा दुर्घटना परेका हुन् । कार्कीको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।
उनीसँगै चालक मुगुको सोरु– ३ बस्ने २० वर्षका भविरा कार्की समेत घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए । उनको पनि अवस्था मध्यम रहेको र दुवैजनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस