बालेनका कर्मचारी र सल्लाहकारमाथि गम्भीर आरोप : महानगरका कर्मचारीविरुद्ध अख्तियारमा पाँच उजुरी
काठमाडौं । काठमाडौ महानगरपालिका भित्र हुँदै आएका विभिन्न भ्रष्टाचारजन्य कार्यको अनुसन्धान गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी दर्ता भएकोे छ । निवेदक अधिकारी र सुमन बरालले सुशासनका मामिलामा महानगरपालिका अत्यन्त कमजोर भएको र महानगरभित्र भ्रष्ट प्रवृत्ति मौलाएको भन्दै हालै आयोगमा उजुरी दिएका छन् । उनीहरुले आयोगमा दर्ता गरेको उजुरीलाई समयमै अनुसन्धान गरी अनियमित कार्य रोकथामका लागि मागससमेत गरेका छन् ।
अन्यथा, महानगरबासी जनताले तिरेको राजस्वको हिनामिना हुने र सेवाग्राहीले दुःख पाउने अवस्था झन बढ्दै जाने आशंका उनीहरुले आयोगमा दर्ता गरेको निवेदनमा उल्लेख गरेका छन् । निवेदक बराल र अधिकारीले आयोगको नेतृत्वसमक्ष अख्तियारमातहत रहेको इन्टेलिजेन्ट (विज्ञ अनुसान्धानकर्ता) खटाई तपसीलमा उल्लेखित मुद्दाहरुको अनुसन्धान गरी कारवाहीको लागि बुँदागत रुपमा उनीहरुले मागसमेत गरेका छन् । निवेदक अधिकारी र बरालले आयोगमा दर्ता गरेको उजुरीमा लगाइएके आरोप र कारवाही माग गरेको विषय सान्दर्भिक देखिएकोले जस्ताको तस्तै प्रस्तुत गरेका छौंं ।
उजुरी नं १
काठमाडौं महानगरपालिका शहरी योजना आयोगमा विज्ञको रुपमा नियुक्ति लिएका सन्तोष पाण्डे र हरिशचन्द्र लामिछानेले काठमाडौको नक्सालमा रहेको काठमाडौं होटल हिल्टनको निमार्ण सम्पन्नताको प्रमाण पत्र दिन सन्तोष पाण्डेले रु ५ लाख र हरिशचन्द्र लामिछानेले १८ लाख घुस लिएको । काठमाडौं महानगरपालिकामा शहरी योजना आयोगमा विज्ञको रुपमा नियुक्ति लिएका सन्तोष पाण्डेले आफ्नो अधिकार क्षेत्र भन्दा बाहिर गई भवनको नक्सा पास तथा दस्तखत गर्ने शाखाको इवीएस सिस्टम आफ्नो नियन्त्रणमा राखेर भवनको नक्सामा पास तथा दस्तखत गर्नुअघि सबै कामको मोलमोलाई गरी कमिसन लिने गरेको ।
त्यसैगरी सन्तोष पाण्डेले भवनको नक्सामा दस्तखत नगर्ने तर नक्सा बनाउन आफू निकट कन्स्लटेन्सीबाट नक्सा नवनाएको खण्डमा नक्सा पास तथा दस्तखत नगर्न सो शाखाका इन्जिनियरलाई दवाब दिने गरेको । दबाब दिंदा पनि गलत काम गर्न नमानेपछि सुधा रिजाल र निलम भट्टराईलाई सरुवा गरेको । १० हजार वर्ग फिट भन्दा माथिको नक्सा पासको निम्ति जुरी डेस्कमा पठाउनुपर्नेमा फाईल सम्बन्धित डेक्समा नपठाएर सेवाग्राहीलाई दुख दिने गरेको ।
उजुरी नं २
काठमाडौं महानगरपालिकाका नगर प्रहरीका एससपी राजुनाथ पाण्डेले नगर प्रहरीका इन्सपेक्टर प्रकाश पण्डित र ईश्वर प्रसाद वाग्लेमार्फत भवनको डिपीसी, नक्सा पास, अवैध निर्माण कार्यमा अप्रत्यक्ष ढङ्गले दबाव दिई रकम उठाउने गरेको । त्यसैगरी विभिन्न ठाउँमा मापण्ड विपरीत निर्माण भइरहेका संरचनाहरुमा रकम माग्ने, नदिए मापदण्ड विपरीतको निर्माण भनेर भत्काइ दिने, रकम दिएमा नदेखेको जस्तो गर्ने गरेको र हाईटेन्सन लाईन मुनी कुनै पनि घर टहरा निर्माण गर्न नमिल्ने कानूनी व्यवस्थाविपरीत आर्थिक मोलाईजाको आधारमा अनदेखा गर्ने गरेको ।
फुटपाथ निमार्ण गरिरहेका ठाउँमा बनाउने ठेक्दार र निर्माण सामग्री उपलब्ध गराउने व्यपारीले पैसा दिएमा निर्माण भईरहेको स्थानमा बार लगाएर सामग्री राख्न दिने । पैसा नदिएमा फुटपाथमा निर्माण सामग्री राखेको भन्दै जरिवान तिराउने वा सामग्री उठाएर लैजाने गरेको । वानेश्वर क्षेत्रमा फुटपात बजारको नाममा चोक भन्दा थोरै भित्र मुकेश पाण्डे नाम गरेका घर जग्गा धनीसँग वडा नम्बर १० का सचिब सुबोध खड्का र एसएसपी राजुनाथ पाण्डेको मिलेमतोमा चार तलाको आईबिमको टहरा नाक्सा पाससमेत नभएकोमा फुटपात बजारको नाममा २ सय ७५ स्टल खडागरी व्यापार सञ्चालन गर्दै आएका छन् ।
उक्त फुटपात बजारका कुनै पनि स्टल नियम अनुसार व्यवसाय दर्ता गरी सञ्चालन गर्नुपर्नेमा सो नगरिएको र फुटफात बजार संचालक मुकेश पाण्डेलेसमेत दर्ता नगरी तिर्नु बुझाउनुपर्ने व्यवसाय कर वा आयकर नतिरी मासिक १ करोड २० लाख भाडाबाट आम्दानी गर्ने गरेको । यसको कमिशन वडा नम्बर १० का सचिब खड्का र एसएसपी राजुनाथ पाण्डेलेसमेत लिने गरेको । यस कार्यका मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहसमेतको मिलेमतो रहेको ।
उजुरी नं ३
कामपाको जहाँ खाली त्यहाँ हरियाली भन्ने कार्यक्रममा अन्तर्गत प्रत्येक वडामा हरियाली प्रवद्र्धन गर्ने भन्दै प्रत्येक वडामा विना प्रतिस्पर्धा १०, १० लाखको काम दिएको । यसबाट आउने कमिसन मेयर वालेन शाहका स्वकीय सचिव भुपदेव शाह एवम् मेयरका सल्लाहकार अर्जुन घिमिरेको मिलेमतोमा कामको ठेक्का तथा सेटिङको चाँजोपाजो मिलाउने गरेको । राजस्व विभागका प्रमुख दीपक अधिकारी एससपी राजु पाण्डेको मिलेमतोमा सडममा राखिने डिजिटल विज्ञापन बोर्डहरुको राजस्व छलछाम गरी कमिसन खाई महानगरको राजस्वमा हानी गरेको ।
सानो गौचरणको फुटबल मैदान बनाउने काम ५ प्रतिशत कमिसन लिई योग्यता नै नपुगेको ठेकेदारलाई दिएर कानून विभाग प्रमुख बसन्त अधिकारी र खरिद ईकाइका प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेको यसको कमिसन प्रमुख बालेन शाहका स्वकीय सचिव शाह र सल्लाहकार सुनिल लम्सालसमेतको मिलेमतोमा आर्थिक अपचलन गर्ने गरेको । मेयरको क्वार्टर र मेयर सचिवालय मर्मत गर्दा एक करोडको काम १० वटा टुक्रा पारी विना टेन्डर कोटेसनमा काम दिएर खरिद प्रमुख रामरतन शाहले भ्रष्टाचार गरेको । साथै, यसमा कमिसन बापतको रकम स्वकीय सचिव भुपदेव शाह र सल्लाहकार सुनिल लम्सालसमेतले लिने गरेको ।
त्यसैगरी, महानगरको सूचना प्रविधिको प्याकेज खरिद गर्दा खरिद एकाई प्रमुख राम रतन शाह मेयरका आईटी विज्ञ सल्लाहकार सुदीप ढकाल, सन्तोष पाण्डे र सुनिल लम्सालसमेतको मिलेमतोमा विना प्रतिस्पर्धा टिप्पणी आदेशको भरमा करोडौंको सामग्री खरिद गर्ने गरेको । सफ्टवेयर खरिदमा चरम दुरुपयोग गरेको । महानगरका एससपी राजुनाथ पाण्डेले यसअघि २०७२ सालमा रानीमहल गजल भवनको अनियमित निर्माण कार्यमा तत्कालीन कार्यकारी अधिकृत पूर्णभक्त तण्डुकारसमेतलाई गलत सूचना प्रवाह गरी ७ लाख रुपियाँ घुस खाएको ।
उजुरी नं ४
ज्योति भवनको घर खाली गराउने सम्बन्धमा कानून तथा मानवअधिकार विभाग प्रमुख बसन्त अधिकारी र महानगरका एससपी राजुनाथ पाण्डेले सो मुद्दाका पक्ष विपक्षसँग सेटिङमा दोहोरो भूमिका खेलेर ४० लाख घुस खाएको ।
मुद्दा नं ५
काठमाडौं महानगरपालिकाले विद्यालयलाई दिने विद्यालय खाजा कार्यक्रममा खरिद इकाई प्रमुख राम रतन शाह र सल्लाहकार कुमार बेन मिलेर कमिसन खाएको । त्यसैगरी शिक्षा विभागले शिक्षा सम्बन्धी डिस्प्ले बोर्ड राख्न विभागका प्रमुख र लेखा अधिकृत श्याम न्यौपानेसमेतको मिलेमतोमा विवादित म्याक्स कम्पनीलाई बिना प्रतिस्पर्धा दिएको । भ्रष्टाचार मुद्दा खेपिरहेको यो कम्पनीलाई दिन नमिल्ने भनेर अघिल्लो मूल्याङ्कन समितिले भने पनि अहिले सो विभागका प्रमुख र लेखा अधिकृत श्याम न्यौपानेले कमिसन खाई सोही म्याक्स कम्पनीलाई दिएको ।
काठमाडौंको लैनचोरमा रहेको नेशनल स्कुल अफ साईन्स निष्टले महानगरमा नक्सा पास गर्दा बेसमेन्ट पार्किड भनि पास गरेको ठाउँमा अहिले ल्याब चलाई रहेको छ । महानगरपालिकामा बालेन शाह मेयर बनेर आएपछि महानगरमा नक्सापास गर्दा जे प्रयोजनका निम्ति भनि नक्सा पास गरेको छ, सोही प्रयोजनमा प्रयोग गर्नुपर्ने नियम कडाइका साथ लागु गर्दै आएको छ । निष्टले अहिले भवनसंगैको सार्वजनिक जग्गा मिचेर पार्कि¨ बनाएको छ । तर, काठमाडौं महानगरपालिकाका नगर प्रहरीका एससपी राजुनाथ पाण्डेले नगर प्रहरीका ईन्सपेक्टर प्रकाश पंण्डितमार्फत त्यसै छाडेको । (साँघु साप्ताहिक, २०८१ पुस १)

प्रतिकृया दिनुहोस