विचित्रको चोरी : २२ टन चिज गायब
पश्चिमा मुलुकहरुमा चिजको उपभोग अत्यधिक हुने गर्दछ । पिज्जालगायतका विभिन्न फास्टफुडमा चिजको प्रयोग भएको पाइन्छ । हालै बेलायतमा यस्तै ठूलो मात्रामा चिजको चोरी भएको छ । पिज्जा वा अन्य फास्ट फूडमा चिज राख्नु सामान्य कुरा हो । सामान्य खाद्यान्न भएपनि यसरी यति ठूलो मात्रामा चिज चोरी भएको घटनाले सबैलाई चकित पारेको छ । भर्खरै इङ्ल्यान्डमा पनि यस्तै भएको छ, जहाँ चोरहरूले १–२ केजी होइन २२ हजार किलो चिज चोरेका छन् । यसको मूल्य सुनेर तपाई छक्क पर्नुहुनेछ ।
डेली स्टार न्यूज वेबसाइटको खबरका अनुसार अक्टोबर २१ मा लण्डनको निलज यार्ड डेरीबाट २२ टन चिज चोरी भएको थियो । यही चोरीमा ठगी गरेको आरोपमा ६३ वर्षीय वृद्ध पक्राउ परेका छन् । तर, अहिले ती व्यक्तिमाथि शंका मात्रै गरिएको छ । फ्रान्सबाट एक ग्राहक र ठूलो चिज बिक्रेताका रुपमा चोरहरुले २२ टन चिज लिएर फरार भएका थिए । नक्कली परिचय दिएर ठगी गरेको र चोरीको सामान राखेको अभियोगमा ती ६३ वर्षीय वृद्ध विरुद्ध मुद्दा दर्ता गरिएको छ । ती व्यक्तिलाई दक्षिण लन्डनको प्रहरी चौकीमा लगिएको थियो, जहाँ उनीसँग सोधपुछ भइरहेको छ । (साँघु साप्ताहिक, २०८१ कात्तिक २६)

प्रतिकृया दिनुहोस