• शुक्रबार-कार्तिक-३०-२०८१

सभ्यता जोगाउँदै पर्यटक बढाउने उद्देश्यले बगुवा खोलामाथि ¥याफ्टिङ


काठमाडौं । ललितपुर र मकवानपुरको सिमानाबीच पर्ने बगुवा खोलामाथि ¥याफ्टिङ गरिएको छ ।  सभ्यता जोगाउन र आन्तरिक तथा पर्यटक बढाउने उद्देश्यले ¥याफ्टिङ गरिएको हो । 


ललितपुरको बागमति गाँउपालिका–६ को वडाध्यक्ष नारायण भोम्जनले बागमतीको सभ्यता जोगाउन र पर्यटक बढाउन राफ्टिङ सुरु गरेको बताए ।


बिहीबार बागमति गाँउपालिका वडा नं २ बगुवा पुलबाट राफ्टिङ् सुरु गर्दै उनले यो कार्यक्रमले काठमाडौं उपत्यकाको स्थानिय तहलाई पनि झकझक्याउन बताए ।  


उनले भने, ‘यो हाम्रो बागमतीको सभ्यता र भविष्यमा बागमती खोला सरसफाई अभियान सँगै बागमति गाँउपालिकामा पर्यटकलाई कसरी भित्राउने भन्ने बारेको लागि र बागमति गाँउपालिकाले काठमाडौं उपत्यकाको स्थानिय तहलाई झक झकाउनको लागि पनि यो कार्यक्रम राखेको हो ।’ 


राफ्टिङको लागि तीन वटा बोट लगिएको भएतापनि त्यसलाई चलाउने जनशक्तिको कमि भएको कारण २ वटा मात्र सञ्चालन भएको हो । 


आजको कार्यक्रममा २, ३ सय जति सहभागिहरु छन् । राफ्टिङ बागमति गाँउपालिका वडा नं २ बगुवा पुलबाट सुरु भएर बागमति गाँउपालिका वडा नं ४ आश्रङको लुग्नी व्यासीसम्म पुगेर सम्पन्न भएको छ ।
 

प्रतिकृया दिनुहोस