• सोमबार-कार्तिक-१२-२०८१

सेनाका पच्चिस सय बढी कर्मचारीमा यस्तो अन्याय किन ? : सोर्सफोर्स नहुनेको पनि वृत्तिविकासमा ध्यान जावोस्

 

प्रत्येक  वर्षझै यस वर्ष पनि २०८१ जेष्ठ १६ गतेबाट जेठ २४ गतेसम्म नेपाली सेनामा रहेका कर्मचारीहरुको लागी भनेर United Nations बाट तोकेर आएको MSA अव्जरभर कोटा (रु.४० लाखदेखि ६० लाख आउने) धेरै पैसा आउने । सो कोटामा १४ जना जति मागेकोमा जसमा सेनाको नियम अनुसार ३ जना महिला कोटा बनाएर बाँकी अन्यमा ठूलो चलखेल गरियो । परीक्षा लिने मान्छेले नै थेग्न नसक्ने गरि पावर भिडाएको छ भनेको सुनियो । 


लिखित परीक्षा केटा केटी खेलेको जस्तो  दौडमा फेल भएमा कुनै परीक्षा दिन नपाउने घर गए हुन्छ भनेर व्रिफ्रिङ गरेको ३० मिनेट पछि फेल भएकाको फोन आएपछि ल तपाईंहरुलाई अवसर छ फेल भएपनि परीक्षा दिन पाउने भनियो । अनि दौडमा फेल भए पनि मिशनमा छनौट भए । दौड र सिट अप, पुस अपको केही मतलव भएन जबकि यसको पनि नम्वर जोडिन्छ भनिरहेका थिए परीक्षा लिने हाकिमहरुले । र, सबैको रिजल्ट देखाइयोस् पारदर्शी तरिकाले । रिजल्ट लुकाएर राख्ने र अहिले १ जना कर्मचारीलाई त्यतिकै वैकल्पिकमा परेको थियो भनि लाखौ रकम आउने मिशनमा पठाउन लागिएको छ एक हप्ताभित्रमा । नेपाली सेनामा कस्ता  प्रवृत्तिकाहरुले संगठन हाकिरहेका रहेछन् भन्ने कुरा यही हो प्रमाण । 


  यसप्रति गम्भीर ध्यान जावोस् प्रधान सेनापति अशोक राज सिग्देलज्यू । के ईन्फेन्ट्री अधिकृत भनेर तोकिएको ठाउँमा प्राविधिकहरुलाई पठाउन मिल्छ भन्ने वेला नै U.N Clerk भनेर तोकिएर आएको ठाउँमा कसरी प्राविधिक तथा अन्य चाकडीवाज जर्नेल, कर्णेलका हुक्के बैठके चम्चाहरु जान सफल भए । यसमा चिफ सा’बको गम्भीर ध्यान जावोस् । चिफ सा’ब कर्मचारीको वृत्ति विकाशमा पनि गम्भीर ध्यान जावोस् ।


यस्तो छनोट परीक्षा लिएर नेपाली सेनामा रहेका अधिकृतहरुलाई पनि लगिदैन । उनीहरुलाई सिधै अव्जरभर मिशनमा सिनियरिटी अनुसार छनौट गरिन्छ । यसरी जे मन लाग्यो त्यही गर्ने र अनेक नाटक गरेर परीक्षाको तरिका आफूखुसी गर्ने भए हामी सोझासाझा कर्मचारीहरुलाई टाढा टाढाबाट बोलाएर दुःख नदिएकै भए, राम्रो हुन्थ्यो होला । जर्सा’ब, तपाईंहरुकै आसेपासेहरुलाई मात्रै भित्रभित्रै मिशनमा समावेश गराएमा संगठनको भलो र राम्रो होला कि ? 


 नेपाली सेनामा रहेका कर्मचारीहरुलाई विगतमा साधारण शान्ति मिशन जानको लागी पनि फलामको चिउरा चपाएझै थियो झोला सोर्सफोर्स लगाएर हतियार सहित २ माईल पास गरेर मन्की क्रलिङ गरि डबल डिच खाल्टो नाघेर पास गरे मात्र निकै कम कोटामा निकै कम बुढा कर्मचारी शान्तिसेना जान पाउथे । धेरै त शान्ति सेना नखाएर नै पेन्सनमा जाने गर्दथे तर रुकमाङ्गत कटुवाल चिफले सबै कर्मचारीले सिनिएरटी बाटै समय पुगेपछि शान्ति मिशन जाने मौका पाए । 


  त्यसपछि करिब पच्चिस सयको संख्यामा रहेको कर्मचारीको कसैले पनि वृत्तिविकासमा ध्यानै दिएनन् । जबकि केही सयको हाराहारीमा रहेका अन्य प्राविधिक सेवाको वृत्ति विकाश निकै राम्रो छ । उनीहरुको उच्च दर्जासम्म दरबन्दी छ । एकै दर्जामा १० वर्ष बसेमा अन्य सरकारी निकायमा स्वत ः बढुवा हुन्छ तर नेपाली सेनाको कर्मचारीमा एकै दर्जामा बसेको जति वर्ष भएपनि सुवेदार कर्मचारीहरु सोही दर्जामा नै घर जान बाध्य छन् । एक पटक नेपाली सेनाका अस्तव्यस्त कर्मचारी व्यवस्थापनमा पनि ध्यान जावोस्, नयाँ चिफ सा’बलाई हामी सम्पूर्ण नेपाली सेनाको कर्मचारीको तर्फबाट नम्र निवेदन छ ।


M.S.A. (अव्जरभर) Exam United Nations बाट नै U.N clerk भनेर तोकिएर आउंछ तर जहिले छानिएर जानेबेला ८० प्रतिशत प्राविधिक जान्छन् यस्तो अन्याय किन हुन्छ ? नेपाली सेनाका टाठा बाठा प्राविधिक र अन्यहरु भनसुन गरि एम.टी.मा नै जुन गाडीबाट परीक्षा लिने हो सोही गाडीमा प्राक्टिस गर्दछन् । आफ्ना नजिकका मान्छेसंग सल्लाह लिएर आफ्नो दिनभरी खाली समयको सदुपयोग गर्ने अवसर पाउछन् भने कर्मचारीलाई ठिक उल्टो छ । हामीहरुलाई प्राक्टिस गर्ने समय नै हुँदैन त्यस्तो गाडी देखेको पनि हुँदैन ।

 

कर्मचारीको साधारण शान्ति सेना १५ वर्ष मा पनि आउँदैन दोश्रो पटक शान्ति सेनाको त झन के कुरा गर्नु र हजुर एउटा खुल्ला लडेर जाने M.S.A. (अव्जरभर) थियो त्यो पनि कर्मचारीलाई देखिनसहने सेनापति गौरब शम्सेरको पालामा काम गरि नजिक भएका कम्प्युटर महाशाखाका प्राविधिकहरुले कर्मचारी मात्र होइन जो सुकै प्राविधिक ईन्फन्ट्री पनि लड्न पाउने भनि शान्ति सेनाकै नियमावली संशोधन गर्न लगाए ।

 

फलस्वरुप अगाडि बढी पैसा आउने मिशनमा ५ देखि ६ वटा नं सम्म प्रत्येक पटक कम्प्युटर महाशाखाको प्राविधिकहरु जान्छन् भने बचेको कम पैसा पाउनेमा कर्मचारी जान्छन् । अव्जर्भर तिनीहरुकै लागि खोलेको जस्तो छ । तिनीहरु बाहिरबाट नै I.E. गरेर आउछन् कर्मचारी मुस्किलले एस.एल.सी  पास गरेर आएका हुन्छन फेरि फुर्सद बाहिरकाहरुलाई बढी हुन्छ तयारी गर्ने अवसर हुन्छ । अनि कसरी स्तर मिल्छ । उनीहरु साधारण शान्ति सेना २ पटक खान्छन् अनि अव्जरभर खान्छन् त्यसपछि अधिकृत हुन्छन् अवसर नै अवसर छ कम्प्युटर महाशाखाका प्राविधिकलाई । 


 सिधै कम्प्युटर महाशाखाका प्राविधिक मात्र भनेर खुलाए हुन्छ M.S.A. (अव्जरवर)। कर्मचारीहरुलाई युनिटबाट सजिलै M.S.A. को परीक्षा दिन पनि जान दिंदैनन् आफैले गोजीबाट मिशन नै पठाउलाझै परीक्षा लिन्छु भन्दै डोमिनेट गर्ने सजिलै जान नदिने गरिन्छ । संगठनले मनपरी नियम नलगाओस् कहिले चालक अनुमति पत्र लिएको २ वर्ष हुनु पर्ने कहिले जहिले लिएको भएपनि हुने । कर्मचारी उपत्यका बाहिर ४ वर्ष बसेको हुनु पर्ने अनि मिशनबाट फर्केपछि नेपालको अति दुर्गममा गएर काम गर्नुपर्ने  भन्ने छ भने महाशाखाका प्राविधिकलाई केही गर्नु नपर्ने ? बरु कर्मचारीको कमी भैरहेको छ प्राविधिकहरुलाई पनि मिशनबाट फर्केपछि २ वर्ष कर्मचारी बनाएर दुर्गममा पठाउँदा हुन्न र ?

 

० कि त सबै कर्मचारीलाई महाशाखा अन्तर्गत राखेर प्राविधिक बनाईदिए राम्रो होला ।


०  कि त कर्मचारीबाट आन्तरिक प्रतिष्पर्धाबाट लिएर प्रत्येक कमाण्ड तथा बाहिनी गणहरुमा प्रशासन अधिकृतको दरबन्दी बनाउंदा राम्रो होला ।


० कि सबै कर्मचारी खारेज नै गर्दा राम्रो होला ।


  संगठनमा बस्ने ईन्फन्ट्री अधिकृत समस्या लिएर जानेलाई थर्काएर पठाउँछन् हाम्रो जाने ठाउँ कहाँ भन्ने ठाउँं कहाँ हो त्यसैले कर्मचारीबाट नै गएको प्रशासन अधिकृत हुनु पर्छ अफिसमा बस्ने झनक रिसाउने बाघ जस्तो झम्टिन आउने स्टाफ कलेज फेल अधिकृतलाई हेडक्वार्टरमा राख्ने होइन डाँंडाकाँडा जंगलतिर पठाउने तालिमतिर घोटाइ राख्ने नेपाल चिनाउने ठाउँ ठाउँ घुमाईरहने बनाउँदा राम्रो होला । निकै मिलनसार अधिकृत पनि छन् एकै ठाउँमा एकै तालिम पाएर आएका तर धेरै जस्तो साधारण निम्न वर्ग तथा गरिब परिवारबाट गएका अधिकृत धेरै सन्काहा छन् उच्चबर्गीय परिवारबाट आएकाको तुलनामा । विगतमा संगठनमा बसेका स्टाफ कलेज फेलवाला मेजरहरुले संगठनलाई निकै बद्नाम बनाएका थिए । फर्कि फर्कि त्यही सरुवा आउन मन पराउछन् ।


 सेनामा सवैलाई धेरै अवसर छ तर सेनाका कर्मचारी वर्ग सबैभन्दा बढी पीडित वर्गमा पर्दछन्, सबैको  अधिकृत बन्ने ठाउँ छ । पुजारी समेत कर्णेल भएर घर गए तर साधारण कर्मचारीलाई अधिकृत हुने कागजमा नियम त छ तर आसे पासे हुक्के बैठके एक वा दुई जनालाई  मात्र । तर अव यस्तो चाकडीवाज हुक्के बैठकेहरुलाई टिके प्रणालीबाट लप्टन नलगाइयोस्् चिफ सा’ब । लगाएपनि नाम कमाएका सेनालाई विशेष योगदान दिएकाले लगाए हामीलाई कुनै गुनासो  छैन् ।

 

कर्मचारी लप्टन आन्तरिक प्रतिस्प्रर्धा नियमावली छ तर कोही पनि छिर्ने नसक्ने ३५ वर्ष नकाटेको पदिकमा १० वर्ष बसेको भन्ने शव्द छ सबै ३५ नाघेको बुढा छन मिल्दै नमिल्ने कुरा । संकटकालको सुरुवातसम्म पदिक क्याडेट लडेर भएका पनि हुन यतिका अधिकृत खाली हुँदा हवलदार तथा पदिक क्याडेट कर्मचारीलाई पनि लड्न दिए के हुन्छ ? बाँकी रह्यो कर्मचारीले सक्दैन भन्ने कुरा । कसले  गर्भमा सिकेर आएको हुन्छ र ? पशुलाई त सिकाउदा सिक्छ भने एउटा सेनाको कर्मचारीलाई पदिक क्याडेटमा लगेर ८ देखि १० महिना तालिम गराउँदा सिक्न किन सक्दैन सिकाको कुरा ? लेखाले पैसा खेलाउने भएर उसको योगदान बढी गणसम्म लप्टन चाहिने र साधारण कर्मचारीको काम नै नभएर गणमा सुवेदार कर्मचारीको दरवन्दी काटेको हो ?

 

अशोक सिग्देल चिफ सा’ब एक पटक अवसर दिनुस् सेनाका कर्मचारीहरु पनि प्रथम भएर देखाउनेछन् तालिममा । लेखा समूहले कुस्त पैसा कमाउछ शान्ति सेना जान्छ अधिकृत बन्छ शानसंग जागिर खान्छ कसैले केही भन्न पनि सक्दैन । साधारण कर्मचारीलाई आमा चकारी गाली नै गर्छन् । के कुरा गर्नु र के यत्ति नै हो त नेपाली सेनाका कर्मचारी वर्गको हैसियत ? –नेपाली सेनाको सम्पूर्ण पीडित कर्मचारी वर्ग, भद्रकाली, काठमाडौं (साँघु साप्ताहिक, २०८१ कात्तिक १२)

प्रतिकृया दिनुहोस