• शुक्रबार-कार्तिक-९-२०८१

अर्थात जेमन्त : शरदराज गौतम

 

खुल्ला र खुकुलो अर्थतन्त्रको स्वभाविक उत्सर्जन हो,
सहकारी अपचलन अभ्यास ।
यसलाई छयालिस साल पछि शुरु भएको
अनौपचारिक अर्थतन्त्रको निजी अभ्यासमा हेरिंदा मात्र बुझिन्छ । 
नत्र, बुझिन्न ।
मुलुकको अर्थतन्त्रको ठुलो हिस्सा अनौपचारिक क्षेत्र कमाउँथ्यो ।
शासन चलाउनेहरु जति सब मुलुकको ढुकुटीमा
साँढे रजाइँ शैलीमा ओगटी बसेका थिए ।
अनौपचारिक अर्थतन्त्रको सारा गुल्चे खेलको थलो सहकारी भयो ।
रवि लामिछाने त्यसको पछिल्लो प्रकट अवतार मात्रै हुन् ।
अप्रकटहरु जति सब चितौनमा बस्छन् ।
पञ्चायतकाल र त्यसपछि पनि बुढानीलकण्ठ स्कुलमा भर्ना गराउन
केही चतुर चाटुकारहरुले गुल्चे चाल निकालेका थिए ।
तिनले शिक्षाको पहुँच र सामथ्र्य नभएका
दुर्गमका गरिबको भाग खोसेर छोरोको नाम पठाउने बठ्याँई गर्दथे ।
आज मुलुकका असंगत विद्वानहरुको लिष्ट हेर्नु भयो भने
देखिन्छ, एक से एक बुढानीलकण्ठ सार्वजनिक अनुहार ।
स्वर्णिम वाग्लेलगायत असंगत विद्वान त्यसैको सह उतपादन हुन् ।
जुन रगतमा सामाजिक व्यभिचारको अंश परेको छ ।
अब कोई त्यसैमा महामानव स्वरुप देखि भ्याउँछ भने
त्यसको उपचार मनोविद्ले मात्र गर्न सक्छ ।
अरुले, होइन ।
विहानको झिसमिसेमा नाइट बसबाट झरेको लेकको मानिससित
सपना पनि झारपात नै हुन्छ । 
रविले कहिल्यै आफूलाई पत्रकार दावी गरेनन् ।
न कहिल्यै सूचना विभागको कार्ड लिन आवेदन नै दिए ।
तर, पत्रकारको विश्वव्यापी अधिकार उपभोग गरेर उनले
सबलाई उधिने, दोहोलो काढे, कसैले रोक्न सक्ने कुरै भएन ।
रविले पढेका र ऋषिले पढेका कलेज फरक होइनन् ।
यस्तोमा झारपात सपनाहरुलाई भाष्य बनाउनेहरुले काखी मात्रै बजाउने हुन ।
खुकुलो र खुल्ला अर्थतन्त्रको उत्सर्जन तह लगाउन
र, निहत्था लेकबाट झरेका व्यभिचारीहरुको नियमन गर्न 
हाम्रो उदार राजनैतिक प्रणालीसित उपाय थिएन ।
त्यहीँ जन्मिने हुन, रवि ।
त्यहीँ देखा पर्ने हुन, स्वर्णिम र रास्वपा जमात ।
रास्वपामा पुगेकाहरुको अनुहारलाई माइक्रोस्कोपिक गर्दा हुन्छ ।
व्यभिचारीहरुको झुण्ड बाहेक अर्थोक भेटिन्न ।
म रवि र रास्वपालाई स्वभाविक उत्पादन मान्छु ।
हामीले नै निर्माण गरेको शासन प्रणालीको सह उत्पादन ।
तन्त्र साधना पद्धतिमा कुनै कुनै बेला
साधकको सघन अभ्यासले अज्ञात दिशा समात्छ ।
देख्दा साधक सिद्धि प्राप्तिमा गएको जस्तो लाग्छ ।
तर खासमा साधक ठहराबमा उपस्थित हुन पुग्छ ।
उसले उपयोग गरेका सारा विधि परास्त भाका हुन्छन् ।
हाम्रो शासन प्रणालीसित पनि भएकै त्यै हो ।
अज्ञात र अनन्तको भुँवरीमा फसेको तान्त्रिक झै ।
हुने ने यत्ति नै थियो,
छयालिस साल पछि हाम्रो अपचलनमा परेको शासन प्रणालीसित ।
मिल्ने यो भन्दा बढता थिएन ।
म त भन्छु ,
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको गिरफ्तारीप्रति 
रास्वपाका कार्यकर्ता र शुभचिन्तकहरु इमोशनल हुन जरुरी नै देख्दिन ।
प्रहरीले संगठित अपराधका लागि अदालतको अनुमति माग्नुलाई
रविले देखाएको आक्रोश नाजायज पनि होइन ।
त्यै बेला निर्मला पन्तको अपराधिको नजिक 
पुगेको दावी गरेका पूर्व सञ्चारकर्मी
चुकेका नै त्यहीँ थिए ।
पुलिस बहस गर्दैन, प्रतिवाद गर्दैन, उ फोर्समा चल्छ ।
हरिशरण लामिछाने, रविका दाई भन्दा अगाडि नै 
रेडियो नेपालका उम्दा समाचार वाचक हुन ।
उनले एक पटक कतै भनेका थिए
माफरी माग्दै  रविले सरेण्डर गर्नु पर्दछ ।
उनको कसैले सुनेनन्, रविले त झन सुन्ने कुरै भएन ।
बाघ हेर्न बिरोलो हेरे पुग्छ, भाई हेरि रहन परेन ।
हरिशरण रविका राम्रा दाई हुन कि होइनन्, भन्न सक्तिन
तर हरिशरणका लागि रवि भाइ हुन्, 
काँठबाट राशन ओसारी ओसारी आफैले डेरामा हुर्काएका । (२०८१ कात्तिक ५–११)

 

प्रतिकृया दिनुहोस