• आइतबार-कार्तिक-४-२०८१

बेलबारी गोल्डकप : आयोजक टोली प्रतियोगिताबाट बाहिरियो

बेलबारी (मोरङ), ३ कात्तिक : मोरङको बेलबारीमा जारी सातौँ आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताबाट आयोजक एलएक्ससिटी फुटबल क्लब बाहिरिएको छ । आज भएको खेलमा एलएक्ससिटी क्लब चित्लाङ फुटबल क्लब काठमाडौँसँग ३–२ गोल अन्तरले पराजित भएको हो ।

 

    खेलको १४औँ मिनेटमा आयोजक टोलीका सुशील राईले गोल गरे । खेलको ४७औँ मिनेटमा चित्लाङ फुटबल क्लबका  सनम धिमालले गोल गर्दै खेल १–१ गोलको अवस्थामा पु¥याए  ।

 

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा ६२औँ मिनेटमा चित्लाङका कार्लोसले गोल गरे । खेलको ७४औँ मिनेटमा आयोजक एलएक्ससिटी फुटबल क्लबका प्रदीप लामाले गोल गरे ।

 

लगत्तै खेलको ७६औँ मिनेटमा चित्लाङका विदेशी खेलाडी हेनरीले निर्णायक गोल गरे । चित्लाङ फुटबल क्लबका कार्लोस म्यान अफ दी म्याच घोषित भए ।

 

    विजेता चित्लाङ फुटबल क्लबले रारा फुटबल क्लब धनकुटासँग प्रतिस्पर्धा गर्नेछ । आइतबार झापा–११ फुटबल क्लब र भोजपुर जिल्ला फुटबल क्लबबीच खेल हुनेछ ।

 

बेलबारी नगरपालिका र अखिल नेपाल फुटवल सङ्घ (एन्फा) को मुख्य सहयोग र आरजु राइस मिलको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको विजेता टोलीले रु आठ लाख र उपविजेताले रु चार लाख पुरस्कार प्राप्त गर्ने छ ।
–––

 

प्रतिकृया दिनुहोस