• आइतबार-कार्तिक-४-२०८१

गाईघाटबाट काँकडभिट्टा गइरहेको बस दुर्घटना : एक महिलाको मृत्यु, २६ घाइते


सप्तरी, ४ कात्तिक । कञ्चनरुप नगरपालिका बरमझियामा कार्तिक ४ आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् । 

 

कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ । घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो ।

 

उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

प्रतिकृया दिनुहोस