• आइतबार-कार्तिक-४-२०८१

पूर्वगृहमन्त्री एवं सांसद रवि लामिछानेलाई अदालत पुर्याइयो

पोखरा । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।


२०८१ कात्तिक २ गते शुक्रबार काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा ल्याइएको थियो । २०८१ कात्तिक ३ गते शनिबार अदालत बन्द भएपछि रविलाई आज अदालतमा उपस्थित गराइएको हो । लामिछानेलाई अदालत लगिँदा बाहिर भने नेता कार्यकर्ताको चर्को प्रदर्शन गरेका छन् ।


लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्ने म्याद अनुमतिका लागि न्यायाधीश नबराज दाहालको इजलासमा पेश गराइएको छ ।

 

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गोर्खा मिडिया प्रालिमा गैरकानुनी रुपमा लगेर दुरुपयोग गरेको आरोप लामिछानेमाथि छ ।


उनी विरुद्ध सहकारीका बचत पीडितले गत वर्ष माघ २२ गते नै जाहेरी दिएका थिए । उक्त जाहेरी परेपछि लामिछाने दोस्रो पटक गृहमन्त्री बनेका थिए ।

 

 

प्रतिकृया दिनुहोस