• शनिबार-कार्तिक-३-२०८१

चितवनमा जनयुद्ध लडेका नेताहरुलाई एउटै मन्चमा ल्याउने प्रयास

 

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव तथा पूर्व अर्थमन्त्री जनार्दन शर्मालागयतका नेताहरु चितवन पुगेका छन् ।

 

उनीहरुलाई शनिबार विहान भरतपुर विमानस्थलमा कार्यकर्ता एवम शुभेच्छुकहरुले स्वागत गरेका थिए । वेपत्ता योद्धा दण्डपाणी न्यौपाने र अन्य शहीदहरुको सम्मानमा भरतपुर–१३ मा आयोजित जनसांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न नेताहरु चितवन पुगेका हुन् ।

 

न्यौपाने र अन्य शहीदहरुको सम्मानका लागि नेकपा माओवादी केन्द्र वडा नं १३ भरतपुरले बिशाल जनसांस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका लागि प्रचण्ड ,क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्य(किरण),नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लव)लाई निम्ता गरिएको छ ।

 

कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा.बाबुराम भट्टराई पनि निम्ता गरिएको कार्यक्रमका संयोजक प्रकाश दवाडीले जानकारी दिए । विभाजित भएका माओवादीका पुराना नेताहरुलाई आयोजकले एउटै मन्चमा उभ्याउने प्रयास गदै एकताका लागि प्रयास गर्ने दवाडीको भनाइ छ ।

 

दण्डपाणी न्यौपाने माध्यमिक विद्यालयको खुल्ला प्राङ्गणमा बिहान ११ बजे शुरु गरिने जनसांस्कृतिक कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासंघ र सामना परिवारको विशेष प्रस्तुति रहने् कार्यक्रम छ।

 

जनयुद्धको समयमा एकताबद्ध भएर लडेका नेताहरु बिभिन्न समयमा पार्टी बिभाजन भई अलग अलग समूहको नेतृत्व गरिरहेको भएपनि आगामी दिनमा एउटै छातामुनी ल्याउनेप्रयास आयोजकले गरेको स्थानीयको बुझाइ छ ।

प्रतिकृया दिनुहोस