• शुक्रबार-कार्तिक-२-२०८१

राजनीतिक कुचक्रमा दलहरू फस्दा नयाँ फ्लप फिल्मजस्तै बने...!

  नेपालको राजनीतिक दृश्य अहिले एउटा नयाँ तर,  फ्लप फिल्मको कथा जस्तै अवस्था छ। धेरै नयाँ दलहरू राजनीतिक आकाशमा चम्किन आएको छन्, तर तिनीहरूको आकर्षण चाँडै नै विकर्षणमा बदलिन्छ ।

 

शुरूमा ठूलो चर्चा र हर्षोउल्लास, तर जब वास्तविकता सामु आउँछ, तब तिनीहरू सुस्ताउँछन् । नयाँ सिनेमा जस्तै दलहरू जसले प्रारम्भमा धेरै आशा जगाउँछन्, तिनीहरूको प्रभाव चाँडै समाप्त हुन्छ र अन्ततः पुराना दलहरू झै जालोमा फस्दछन्।

 

  यसको मुख्य कारण भनेको सत्ताकाे लाेलुपता र  प्राप्तिमा होडबाजी हो । सत्तामा जानका लागि दलहरूको बिचमा कुनै स्थायी नीति र धारणा छैन । अहिलेका  दलहरू निरन्तर अस्थिरता र गैरजिम्मेवारीमा बाँचिरहेका छन् ।

 

यद्यपि नयाँ दलहरूको उदीयमानले केही आशा जगाउँछ, तर पुराना दलहरूको सांगठनिक शक्ति र अनुभवले तिनीहरूलाई पन्छाउन नयाँ दलहरूलाई कठिन बनाउँछ।

 

धेरैजसो राजनीतिक दलहरू देश र जनहितमा भन्दा पनि व्यक्तिगत स्वार्थका लागि एकदमै छलकपटमा चलिरहेका छन् । त्यस कारण आम जनताले पनि तिनका नेता र दलहरूलाई विश्वास गर्न अब कठिन मान्न थालेका छन् ।

 

आजको समयमा, सच्चा परिवर्तन ल्याउने र जनताको मायाँ पाउने क्षमता भएका इमानदारहरू सहभागी भएका कुनै नयाँ दल जन्मिएको छैन । गलत निर्वाचन प्रणालीले सिर्जना गरेकाे अस्थिर राजनीतिमा पुराना दलहरूको मात्र खरिद विक्रीकाे कुचक्र चलिरहेको पाइन्छ।

 

  यसैले, नेपाली राजनीतिक प्रणालीलाई सुरक्षित राख्ने हाे भने, अबको जनताकाे आवश्यकता अनुसार, संविधान संशाेधनबाट स्थायी र दीर्घकालीन दृष्टिकोण र रणनीतिमा आधारित नयाँ दलहरूको विकास गर्नु हो ।

 

यद्यपि यहाँको राजनीतिक वातावरण परिवर्तनशील र चुनौतीपूर्ण छ, तर दुर्भाग्यकाे कुरा  पुरानो दलहरूको विकल्प बन्ने र राष्ट्र र जनहितमा समर्पित भएर जनसेवक बन्ने उद्देश्य लिएर कुनै नयाँ दल देख्न मुस्किल परिरहेछ ।

 

सिर्जनशील, देश र जनतामा समर्पित नेतृत्वको खोजीमा, हामी र हाम्राे पुस्तालाई आशा छ कि भविष्यमा कुनै दल अहिलेकाे राजनीतिक कुचक्रलाई तोड्न सफल हुनेछ।

प्रतिकृया दिनुहोस