• शुक्रबार-असोज-२५-२०८१

पुण्य गाैतममाथि रड प्र हार गर्ने दुर्गा प्रसाईंका दुईजना कार्यकर्ता प क्रा उ

 

काठमाडाैं, २४ असाेज । अभियन्ता पुण्य गाैतममाथि रड प्रहार गर्ने २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ । 

 

गत २१ गते राति जाेरपाटीस्थित निवास गइरहेकाे बेला गाैतममाथि रड प्रहार भएकाे थियाे । जसका कारण उनी गम्भीर घाइते भइ नेपाल मेडिकल कलेजकाे आईसीयूमा भर्ना हुनु परेकाे थियाे । अभियन्ता गाैतम खतरामुक्त छन ।  

 

प्रहरीले अनुसन्धान गर्दै जाँदा मेडिकल ब्यावसायी दुर्गा प्रसाईंका कार्यकर्ताहरू काभ्रेपलान्चोक तेमाल घर भई हाल भक्तपुर च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ र रसुवा नवकुण्ड गाउपालिका –०५ घर भई गोकर्णेश्‍वर नपा– ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदानले साे रड प्रहार गरेकाे खुल्न आएकाे छ । 

 

प्रहरीका अनुसार साे घटनाकाे अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदान रहेका छन् ।


प्रहरीको विज्ञप्ति : ज्यान मार्ने उद्योगका फरार व्यक्तिहरु पक्राउ


मिति २०८१।०६। २१ गते राति अन्दाजी २१:१० बजेको समयमा काठमाण्डौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ८ बेशीगाँउस्थित सडक खण्डमा वर्ष ४६ को पुण्य राज गौतममाथि अपरिचित व्यक्तिहरुले रड प्रहार गरी घाइते बनाइ फरार भएको र निज घाइते पुण्य राज गौतमको नेपाल मेडिकल कलेज शिक्षण अस्पताल, अत्तरखेलमा उपचार भई रहेको भन्ने सूचना पश्चात जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धको संयुक्त टोली खटि गई उक्त वारदातमा संलग्न व्यक्तिहरुको खोजतलास गर्ने क्रममा मिति २०८१।०६।२२ गते अन्दाजी २२:३० बजेको समयमा रड प्रहार गरी फरार रहेका टासी लामा भन्ने संजिव तामाङलाई नियन्त्रणमा लिई ज्यान मार्ने उद्योग कसुर मुद्धा दर्ता गरी अनुसन्धान गर्ने क्रममा उक्त घटनाको मुख्य योजनाकार नागरिक बचाउ महाअभियान अन्तर्गत नागरिक प्रतिरक्षा बलका संयोजक मिलन लामा भन्ने दिल बहादुर गङदानलाई मिति २०८१।०६।२३ गते अन्दाजी १५:०० बजेको समयमा का.जि.काठमाडौँ महानगरपालिका वडा नं. ७ गंगाहिटीबाट पक्राउ गरी प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भई रहेको ।

 

क) पक्राउ परेका व्यक्तिहरु :

१) काभ्रेपलान्चोक जिल्लाको तेमाल घर भई हाल भक्तपुर जिल्लाको च्यामासिहं बस्ने बर्ष ३० को टासी लामा भन्ने संजिव तामाङ ।
२) रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका वडा नं. ०५ घर भई काठमाडौँ जिल्ला गोकर्णेश्‍वर नगरपालिका वडा नं. ४ बस्ने बर्ष ४१ को मिलन भन्ने दिल बहादुर गङदान । 

 

ख) बरामद दशी
१. रड थान - १ 
२. मोवाइल थान - ३
 

 

प्रतिकृया दिनुहोस