• शुक्रबार-असोज-२५-२०८१

मोटरसाइकलको ठक्करबाट एक जनाको मृ त्यु


घोडाघोडी (कैलाली),२४ असोज : घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 


सडकमा हिँडिरहेको अवस्थामा सुप प्र ०१०१० प १७४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ७८ वर्षीय मणीराम सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायव उपरीक्षक दीपेन्द्र कुमाल पालले जानकारी दिनु भयो । 


आज दिउँसो ४ बजेतिर मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका सापकोटाको घोडाघोडी अस्पतालमा पुर्याए लगत्तै मृत घोषणा गरिएको थियो । मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १ बेलारका २५ वर्षीय खडक रेग्मी प्रहरीको नियन्त्रणमा रहेको पालले जानकारी दिनुभयो ।
---

 

 

प्रतिकृया दिनुहोस