• मंगलबार-असोज-२२-२०८१

रथी पदमा बढुवाकाे मुखैमा वरिष्ठ उपरथी श्रेष्ठ के कारणले अवकाशमा परे ?

काठमाडाैं । नेपाल सेनाभित्र विवादमा परेर उपरथी पदमा बढुवामा पछि परेका हालका उपरथी बाबुराम श्रेष्ठ यस पटक पनि मुखैमा आएकाे रथी पदकाे बढुवामा विवादमा परे । उपरथी बाबुराम श्रेष्ठमाथि हालका प्रधान सेनापति अशाेकराज सिग्देल चिफ हुन नदिन चलखेल गरेकाे आराेप लाग्ने गरेकाे थियाे ।

 

निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मासँग मिलेर रथी सिग्देललाई घर पठाएर आफू बढुवा हुनेगरी निकै चलखेल गरेकाे आराेप  रथी अशाेकराज सिग्देल निकटहरूले लगाएका थिए ।


 प्रधानसेनापति प्रभुराम शर्मा अवकास भएपछि उनलाई अष्ट्रेलियाकाे राजदूत बनाउन सिफारिस गर्ने र आफू रथीमा बढुवा हुनका लागि तत्कालीन उपप्रधानमन्त्री तथा पर्राष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई सहमत गराएकाे हल्ला नेपाली सेनाभित्र खुब चलेकाे थियाे ।

 

हाल सेनाभित्र चलेकाे चर्चा अनुसार त्यही विषयले गर्दा वरिष्ठ उपरथी बाबुराम श्रेष्ठ दशैं मानेर २०८१ कात्तिक २ गते नमिठाे मन लिएर अवकास (घर) जाने भएका छन् ।


वरिष्ठ उपरथी बाबुराम श्रेष्ठ हाल शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजकाे नेतृत्वमा रहेका छन् । उपरथी बाबुराम श्रेष्ठले नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजकाे बजेटमा अनियमित कार्य गरेकाे चर्चा पनि सेनाका अधिकृतहरूले नै गर्दै आएका थिए ।


  उपरथी श्रेष्ठ २७ नम्बर बाहिनीको बाहिनीपति हुँदा पनि भर्ना छनौटको विषयलाई लिएर  कार्वाहीमा परेका थिए । तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापाले उनलाई कार्वाही गरेपछि उनी समयमै दुई तारे जर्नेल हुनबाट बंचित भएका थिए ।

 

तर, निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मा आएलगत्तै २०७८ कात्तिक १ गते धानसेनापति प्रभुराम शर्माकाे बढुवा सिफारिसका आधारमा मन्त्रिपरिषदले उनको बढुवा  गरेकाे थियाे ।

 

उपरथी श्रेष्ठले २०७८ कात्तिक ३ गते बुधबार  सैनिक मुख्यालय भद्रकालीमा  प्रधानसेनापति प्रभुराम शर्माबाटै दर्ज्यानी चिन्ह पाएका थिए ।

 

यस अघि बढुवामा पछि परे पनि २०७८ कात्तिकमा उनको उपरथीमा बढुवासंगै श्रेष्ठ तीन तारे जर्नेल बन्ने प्रवल सम्भावना भने रहेकाे थियाे । सैनिक मुख्यालयको रेकर्ड अनुसार उनको जन्ममिति २०२४ फागुन २८ गते रहेको स्राेत बताउछ ।

 

उपरथी श्रेष्ठ २०४४ मंसिर ९ गते नेपाली सेनामा सैनिक क्याडेटका रुपमा भर्ना भएका थिए । पाकिस्तानबाट एनडीसी गरेका उनी २६ बेसिकका अधिकृत हुन् ।

प्रतिकृया दिनुहोस