• आइतबार-असोज-२०-२०८१

साउथहम्पटनमाथि आर्सनलको सहज जित

फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी



काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले साउथहम्पटनलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा आर्सनलले साउथहम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

 

आर्सनलको जितमा काइ हाभर्ट, गाब्रियल मार्टिनेली र बुकायो साकाले एक एक गोल गरेका थिए । त्यसैगरी साउथहम्पटनका लागि क्यामरुन आर्चरले एक गोल गरेका थिए ।

 

यो जितपछि आर्सनलको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी साउथहम्पटनको भने यस सिजनमा यो छैटौं हार हो । ७ खेलमा एक अंकसहित साउथहम्पटन १९औं स्थानमा छ ।

 

फुलह्यामविरुद्ध म्यानचेस्टर सिटी ३-२ ले विजयी

 

 

इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले फुलह्यामलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले फुलह्यामलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

 

म्यानचेस्टर सिटीको जितमा माटेओ कोभाकिकले २ गोल गरेका थिए भने जेरेमी डोकुले एक गोल गरेका थिए । त्यसैगरी फुलह्यामका लागि आन्द्रेज पेरेइरा र रोड्रीगो मुनिजले एक-एक गोल गरेका थिए ।

 

यो जितपछि म्यानचेस्टर सिटीको ७ खेलमा १७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी फुलह्यामको ७ खेलमा ११ अंक रहेको छ र लिगमा सातौँ स्थानमा रहेको छ ।

 

 

प्रतिकृया दिनुहोस