• आइतबार-असोज-२०-२०८१

प्रिमियर लिगको यस सिजनमा लेस्टरको पहिलो जित

 

काठमाडौँ। इङलिश प्रिमियर लिग अन्तर्गत लेस्टर सिटीले पहिलो जित हासिल गरेको छ। शनिबार सम्पन्न खेलमा लेस्टर सिटीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गरेको हो।

 

लेस्टर सिटीको जितमा खेलको १६औं मिनेटमा फकुन्डो बुओनानोट्टेलाई गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

 

यो लेस्टर सिटीको यस सिजनमा पहिलो जित हो। लेस्टरको ७ खेलमा १ जित, ३ बराबरी र ३ हारसहित ६ अंक भएको छ र लिगमा १५औं स्थानमा रहेको छ।

 

त्यसैगरी, बोर्नमाउथको भने ७ खेलमा ८ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।

प्रतिकृया दिनुहोस