• आइतबार-असोज-२०-२०८१

महिला टी-२० विश्वकपमा इङ्ल्याण्डको विजयी सुरुवात

 

काठमाडौँ । जारी आईसीसी महिला टी-२० क्रिकेट विश्वकप अन्तर्गत इङल्याण्डले विजयी सुरुवात गरेको छ । शनिबार सम्पन्न खेलमा इङ्ल्याण्डले बंगलादेशलाई २१ रनले पराजित गरेको हो ।

 

इङल्याण्डले दिएको ११९ रनको लक्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर ९७ रन मात्र बनाएको थियो । यस अघि पहिला ब्याटिंग गर्दै इङल्याण्डले २० ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको थियो ।

 

यो जितपछि इङ्ल्याण्डले पहिलो खेल जितेर २ अंक हासिल गरेको छ । त्यस्तै पहिलो खेल जितेको बंगलादेशले भने दोस्रो खेलमा हार बेहोरेको छ । इङ्ल्याण्डले अब अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने छ भने बंगलादेशले विहिबार वेस्ट इन्डिजसँग खेल्ने तालिका छ । 
        

 

प्रतिकृया दिनुहोस