• आइतबार-असोज-२०-२०८१

रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

 

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल नासरले अल ओरोबाहमाथि सानदार जित हासिल गरेको छ । शनिबार सम्पन्न खेलमा अल नासरले अल ओरोबाहलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

 

अल नासरको जितमा साडियो मानेले दुई गोल गरेका थिए भने क्रिस्टियानो रोनाल्डोले एक गोल गरेका थिए । यो जितपछि अल नासरको ६ खेलमा १४ अंक भएको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै अल ओरोबाहको ६ खेलमा ७ अंक भएको छ र लिगमा ११औं स्थानमा रहेको छ ।
 

 

 

प्रतिकृया दिनुहोस