• बुधबार-असोज-२३-२०८१

पवित्र शहरः तानसेनमा नेवाःको आगमन र बसोबास : व्यावसायिक, धार्मिक, सांस्कृतिक पक्षः केही विवेचना–(५)

 

नेवा भाषा संस्कृति बचाउन सबै एकजुट भई लाग्नु पर्नेमा कुनै विमति छैन । तानसेनमा नेवा समुदायका सन्हा गुठीहरू, पाल्पाली नेवा धिमेबाजा, जात्रा समितिहरु, चुडाकर्म समिति, पाल्पाली नाट्यकला केन्द्रलगायत संस्थाहरु अहिले पनि सक्रिय छन् । 

 

यसैगरी पाल्पा तानसेनमा रहेको श्रेष्ठ गुठीको वि. सं. १९१६ सालको गुठी बन्देज सवालको ढड्डामा नेपाल तीन शहर काठमाडौं, पाटन र भक्तपुरबाट व्यापारको सिलसिलामा केही पुस्ता बोडे थिमी शहरमा बसोबास गर्दै आएका थिए । ती नेपाल तीन शहर काठमाडौं, पाटन र भक्तपुरबाट व्यापार गर्न गएकाहरूको दर सन्तानहरू हाल पाल्पा, तानसेन, बुटवलमा गृहस्थाश्रम गरी बसेका भन्ने उल्लिखित अभिलेखको शिरबोलले नेवारहरू सेनकालीन पाल्पाराज्य नेपाल अधिराज्यमा विलय हुनुपूर्वदेखि नै पाल्पामा बसोबास गरिआएको देखिन्छ । 


सेन राज्यको स्थापनापूर्व रैथाने मगर जातिहरूको मगरात राज्य रहेको यस थलोमा काठमाडौं खाल्डाबाट आएका नेवारहरूले आफ्नो भाषा, आफ्नो भेष, खानपान, रीति–रिवाज र संस्कृतिलाई जोगाउँदै आफ्नो पहिचानलाई कायम राख्दै आजसम्म बसोबास गर्दै आउनु नेवार जातिमा रहेको मिलनसारिता जस्तो अन्तर्निहित गुणलाई नकार्न सकिँदैन ।


नेपाल सम्बत–ऐतिहासिक पृष्ठभूमि  ८७९ इशा पूर्व हाल र नेपाल सम्बत ११४४ अहिले चलिरहेको छ । १२ पूर्णिमा– बाह्र पूर्णिमा दिन नाम महिना सकिमान पुन्ही, योमरी पुन्ही, मिलि पुन्ही, सिपुही, होली पुन्ही, सकभर पुन्ही स्वर्णिम, पुनहि मे, जेठ पुन्ही दिल पुन्ही गु पून्ही यी पुन्ही, काति पुन्ही अतिरिक्त पूर्णिमा हुन्छन । 


तानसेन शहरमा नेवारहरूको बसोबास छ र धेरै हिसाबले छ समग्रमा नेवार समाजको प्रतिनिधि यसले गर्दछ । यो विवरणले ऐतिहासिकतालाई पनि समेट्छ नेवारको पृष्ठभूमि, मिथक, वर्तमान स्थिति र अन्य महत्त्वपूर्ण पक्षहरू समाजको सन्दर्भमा स्पस्ट पार्ने धृष्टता गरेको छ । यसले नेवार पहिचानका घटकहरूलाई रूपरेखा दिन्छ, जुन हो परिवर्तनशील, जात, धर्म र सामाजिक–धार्मिक संघहरूमा निर्भर गर्दछ (गुठी)। 


अहिले नेवार बुद्धिजीवी आफ्नो विगत जोगाउन खोजिरहेका छन् भाषा (नेपालभाषा) र संस्कृति उनीहरूको सबैभन्दा महत्त्वपूर्ण पक्ष हो एकता वा राष्ट्रिय पहिचान । विगत दुई दशकदेखि उनिहरु रहेका छन् आफ्नो भाषा र संस्कृतिको लागि समान अधिकारको लागि जोडदार रूपमा दबाब दिँदै खस भाषा र संस्कृतिको बाहुल्य नेपाल राज्यमा । विवाहित महिलाको सम्मान एक प्राकृतिक इच्छा हो नेवारहरू बीच । त्यो विश्वास राम्रोको लागि चल्छ बच्चाको जन्म, अघिल्लो दम्पतिको मायालु जीवन अवधारणा खुसी र सामञ्जस्यपूर्ण हुनुपर्छ । अन्यथा, बच्चा जन्मजात दोषपूर्ण वा विकृत भएको जन्मिन्छ भनिन्छ । महाभारतका धृष्टराष्ट्र र पाण्डु यसका लागि उदाहरण दिने गरिन्छ । 


एक महिला जसले बच्चालाई गर्भधारण गर्न नसक्ने पीडादायी जीवन बिताउँछिन् । उनी हुन् परिवारका सदस्यहरू र उहाँलाई हेर्नुभयो सामाजिक हैसियत अपूर्ण मानिन्छ जबसम्म उनी बन्दिनन् एक आमा । त्यसैले सबै खोज्नु स्वभाविक हो अलौकिक सहित यस अन्तमा सम्भावित सहायताहरू । 


तिनी वंशानुगत स्थानीय मिडवाइफ अजीसँग सल्लाह लिन्छिन् जसले गर्भाधान गराउनका लागि कुनै न कुनै जडीबुटीको प्रचार गर्छिन् । एकै समयमा विभिन्न देवताहरूको कृपा आव्हान गरिन्छ ।

 
गणेशको सम्मानमा मंगलबार व्रत बस्ने । संक्रान्ति (महिनाको पहिलो दिन) मा एघार दिनसम्म सत्यनारायण पूजा गर्ने विगत र वर्तमान छ । उपायहरू प्रभावकारी मानिन्छ । 


यो मगर बाहुल्य राज्य बंगालराजबाट मुस्लिमको आक्रमणबाट लखेटिएका सेनबंशी राजाहरूद्वारा स्थापित नेपालको इतिहासमा एक विशाल तथा शक्तिशाली सेनराज्यको रूपमा रहेको थियो । विशाल नेपाल निर्माणका क्रममा यस राज्यलाई बहादुर शाहको चतु¥याँइँले नेपाल देशमा विलीन गराएका थिए । यस राज्यको केन्द्र तानसेन शक्तिकेन्द्रित राजधानीको रुपमा मात्र सीमित थिएन, भारत र मुस्ता¨ नाका हुँदै तिब्बतसम्मको व्यापार हुने एक पुरानो नाका पनि थियो । आफ्नो राज्यको आर्थिक उन्नतिका लागी सेनराजाहरूले काठमाण्डौंका राजाहरूसंग नेवारहरुलाई सन्धि र समझौता गरी लगेको इतिहासबाट पाल्पामा नेवा र नेवा सम्पदाको विकास र विस्तार भएको कुरा बुझ्न सकिन्छ ।


तानसेनमा नेपाल भाषा, संस्कृति र साहित्य को  इतिहास ‘‘भए संस्कृति र जात्रा समेत समावेश हुने  गर्दछ जुन नेवारको मूल आधार हो । नेवार–नेपाली–अंग्रेजी शब्दकोष–नेपाल राजकीय प्रज्ञा प्रतिस्थानले प्रकाशित गरेकोबाट समेत नेपाल भाषाको महत्व कम आँक्न सकिदैन । काठमाडौँ उपत्यकामा आक्रमण गर्दा काठमाडौँकाले गोर्खाका लडाकुलाई मद्दत नगरेको हुँदा भनेको ‘‘बाउ दुष्ट र नेवार इष्ट कहिले हुदैन’’ भन्ने सान्दर्भिक हुन्छ ?


यही क्रममा पाल्पाको तानसेनमा हाल देखा परेको सबैभन्दा पुरानो नेवार गुठी श्री ७ भीमसेन सन्हाः गुठी वि.सं १८६४ ( ने.सं. ९२८)  मा स्थापना भई अद्यावधि रहेको छ । यसका साथै राणाकालीन समयमा पनि तत्कालीन शासन ब्यवस्था अनुसार बैद्य, धोवी, कलाकार, चित्रकार, शिल्पकार, मूर्तिकार, सेवक, हुक्के, ढोके, बैठकेको रुपमा समेत काठमाण्डौं उपत्यकाबाट  नेवारहरुको आगमन भएको देखिन्छ । पाल्पाको तानसेन नेवारहरुको बसोबासको केन्द्रविन्दु रहेतापनि पाल्पाको भैरवस्थान, खस्यौली, हार्थोक, भुवनपोखरी, छहरा, आर्यभन्ज्याङ्, रामपुर, ताहुँ, हुमिन, सराइ, पेलावास, मस्याम, वीरकोट, बगनास लगायतका क्षेत्रहरुमा नेवारहरुको बसोबास रहेको छ ।


तानसेनमा सन्हा गुठी पुरानो  भएको र यसको २०० बर्षमा विशेषांक निकालेको छ । भीमसेन मन्दिरमा पूजा , गुठियार, पाले आदिको व्यवस्था, बम, सम्यबजी आदिको उल्लेख गर्नु पनि समय सान्दर्भिक्क हुन्छ । सन्हा गुठी बाहेक पनि अरु तीन वटा गुठी एउटा सेठको, अर्को लाकौलको र अर्को बसन्तपुरमा समेत छ । 


संस्कृतिमा योगदान पु¥याएको देउराली परिवारको उल्लेख गर्नु आवश्यक र अनिवार्य छ । यसको स्थापनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी लव विक्रमको भूमिका पनि उल्लेख्य थियो । भिक्षु अम्रितानान्दले ‘‘बुद्धकालीन नेवार’’भन्ने पुस्तक लेखेका छन् ।


जयस्थिति मल्लले नेपाल संवत् ५१५ माघ सुदी १०, रोहिणी नक्षत्र, बुद्धियोग, बिहानको १३ घडी चढ्दा कलश स्थापनाका साथ कोट्याहुति यज्ञ गरी जातिको घोषणा गरेपछि श्रेष्ठ नेवारको ३६ थर र अन्य सात सय २५ उपथरमा नेवार थर बाँडिन गयो । यस स्थितिले नेवार विभिन्न थरमा विभाजित भए पनि समयको अन्तरालसँगै धेरैजसो नेवारले ’श्रेष्ठ’ थर नै लेख्न रुचाएको पाइन्छ । सेनकालदेखि नै नेवार व्यापार, सरकारी नोकरी र विभिन्न कामको सिलसिलामा काठमाडौं खाल्डोबाट पाल्पा आएको देखिन्छ । (साँघु साप्ताहिक, २०८१ असोज ८–१५) 
 

प्रतिकृया दिनुहोस