• शुक्रबार-असार-६-२०८२

नेपाली साहित्य र संस्कृतिका स्रष्टा : सत्यमोहन जोशी !

जुरेली दर्शन : कहिले चिन्ता नगर्ने, बरु सधैं चिन्तन गर्ने

 

सत्यमोहन जोशी, बुबा शंकरराज जोशी र आमा राजकुमारीका सुपुत्रका रूपमा वि.सं. १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्मिएका हुन् । सत्यमोहन जोशीको वि.सं. २०७९ साल असोज ३० गते विहान ७ः०९ बजे निधन भयो । नेपालका प्रतिष्ठित इतिहासकार तथा संस्कृतिविद् सत्यमोहन जोशीको निधनले नेपालले एक रत्न गुमाएको छ । उनी १०३ वर्षका थिए ।


उनी ‘शताब्दी पुरुष’ भनेर चिनिन्थें । काठमाडौंको दरबार हाईस्कुलमा अध्ययन गरे र त्यसपछि स्नातक त्रिचन्द्र कलेजबाट डिग्री । तर, जोशी आजीवन विद्यार्थी थिए । सय वर्ष नाघ्दा पनि उनी इतिहास र संस्कृतिका पुस्तकहरू पढ्दै गरेका हुन्थे ।


जीवनको उत्तरार्धमा पनि सक्रिय थिए, जसबाट युवावस्थामा उनी कत्तिको उत्प्रेरित र ऊर्जावान थिए भन्ने सहजै अनुमान गर्न सकिन्छ । नेपाली संस्कृति, कला र भाषालाई जोगाउनुपर्ने उनको दृढ विश्वास थियो । नेपाली भाषाको उत्पत्तिबारे अनुसन्धान गर्दा कर्णालीको खोजी गर्ने उनी एक अग्रणी हुनुहुन्थ्यो भन्दा अत्युक्ति नहोला ।


नेपाली संस्कृतिका विभिन्न पक्षलाई जोगाउने उनको आफ्नै तरिका थियो । उनको जीवनमा एउटा छोटो क्षण थियो–सन् १९६० को नेपाल विद्रोहको समयमा–जब उनले चीन भ्रमण गरे र नेपालको प्रसिद्ध मूर्तिकला ‘अरनिको’मा अनुसन्धान गरे ।


उनी नेपाल फर्किए र कीर्तिपुरमा अरनिको “ह्वाइट डगोबा ग्यालेरी” स्थापना गरी मूर्तिकलासँग सम्बन्धित विभिन्न कलाकृतिहरू प्रदर्शन गरे । उनी नेपालको सर्वोच्च साहित्यिक सम्मान मदन पुरस्कार तीन पटक प्राप्त गर्ने एकमात्र व्यक्ति हुन् । कला, लोकसंस्कृति र कर्णालीको इतिहासमा उहाँको योगदानको कदर स्वरूप साहित्यमा मानार्थ विद्यावारिधि पनि दिइएको थियो ।

 

शिक्षा
सन् १९३४ देखि उनको शिक्षा घरबाटै सुरु भयो । उनले घरमै अक्षर चिनेर पछि काठमाडौंको दरबार हाईस्कूलमा भर्ना भए । एक उज्ज्वल व्यक्तिको रूपमा, उनले त्रिचन्द्र कलेजबाट स्नातक डिग्री पूरा गरे । सन् १९४४ मा सत्यमोहन सरकारी सेवामा प्रवेश गरे ।


पुरातत्त्व र संस्कृति विभागमा
पहिलो निर्देशक

इतिहासको सन्दर्भ हेर्दा, जोशी वि.सं. २०१५ मा पुरातत्त्व तथा संस्कृति विभागका पहिलो निर्देशक थिए । वि.सं. २०१६ मा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दी सम्मको मुद्राको विस्तृत विवरणसहित ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशित गरे ।


नेपालको भाषा, कला, संस्कृति संरक्षण, संवद्र्धन र विकासमा योगदान दिएबापत उहाँलाई सुप्रबल गोर्खा दक्षिणबाहु, त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्वविद्यालयको मानार्थ विद्यावारिधि जस्ता सम्मानहरू प्रदान गरियो ।


क्रियाकलाप
सन् १९५९ मा पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक भएपछि उनले काठमाडौंमा राष्ट्रिय नाचघर–राष्ट्रिय रंगमञ्च स्थापना गरे । पाटनमा पुरातात्विक बगैंचा, तौलिहवामा संग्रहालय, भक्तपुरमा चित्रकला सङ्ग्रहालय स्थापना गरिएका थिए । सन् १९६० मा राजा महेन्द्रले सत्ता लिँदा उनी चीन गएका थिए र त्यहाँ पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्युट मा नेपाली भाषा पढाएका थिए ।


सफल प्रशासक : सत्यमोहन
सत्यमोहन जोशीलाई सफल प्रशासक मात्र होइन, लोकसंस्कृति र विविधताको प्रमुख संरक्षक पनि मानिन्छ । उनी एक सफल नाटककार, कवि, अनुसन्धानकर्ता तथा विश्लेषक रहेका थिए ।


राष्ट्रियता र मौलिक पहिचान
हाम्रो समाजले बहुभाषिकता र बहुसंस्कृतिकता बोकेको छ, जसले नेपाललाई सांस्कृतिक विविधताको केन्द्र बनाउँछ । जोशीले भनेका थिए : “लोकसंस्कृतिलाई हेंला गर्ने हो भने जतिसुकै उन्नति भए पनि समावेशीकरण हुन सक्दैन ।”


कवि तथा लेखक गिरीश गिरीले लेखेको आत्मकथात्मक कृति “सत्यमोहन” उनको १०२औँ जन्मोत्सवमा सार्वजनिक गरिएको थियो, जुन जोशीकै हातबाट लोकार्पण गरिएको थियो ।


शताब्दीका साहित्यकार
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जोशीलाई ‘शताब्दीका साहित्यकार’ सम्मान दिएको थियो । उनका ६० भन्दा बढी प्रकाशन(सम्पत्ति) राज्यलाई दिएर विदा भएका हुन् ।
नेपाल सरकारले उनलाई ‘उज्ज्वल कीर्तिमान राष्ट्रदीप’ सम्मान प्रदान पनि गरेको थियो । उनले तीनपटक मदन पुरस्कार जिते । १० प्रबन्ध÷अनुसन्धान कृति, ५ नाटक, २ काव्य, ५ कथा संग्रह तथा नेवारी भाषाका कृति गरी करिब ६० पुस्तक प्रकाशित भएका छन् ।


‘जुरेली दर्शन’
सत्यमोहन जोशीका जीवन, चिन्तन र सांस्कृतिक योगदान समेटिएको पुस्तक ‘जुरेली दर्शन’ कवि तथा लेखक अनिल पौडेलले लेखेका हुन् ।


सिक्कामा सत्यमोहनको तस्बिर
नेपाल राष्ट्र बैंकले जोशीको तस्बिर अंकित चाँदीको सिक्का जारी गरेको छ । २५ हजार थान (रु २५००), २५ हजार थान (रु १०००) र १० हजार थान (रु १००) दरका सिक्कामा एकातिर जोशीको तस्बिर, अर्कातिर सगरमाथाको चित्र रहेको छ ।


गोरखापत्र संवाददाता हुँदै गाउँसम्म
जोशी राणाकालमै गोरखापत्रका संवाददाता थिए (वि.सं. २००१–२००६)। उनले लमजुङ, तनहुँ पुगेर अध्ययन गरे, जहाँ पुरुषहरू या त बनारस गएका वा अंग्रेजी फौजमा थिए । उनले भनेका थिए, “पहिले अंग्रेजका लागि मर्ने, अहिले कतार–मलेसियाका लागि काम गर्ने, सार उस्तै हो ।”


विदेश भ्रमण : न्यूजिल्याण्ड
तेन्जिङ–हिलारीद्वारा सगरमाथा आरोहणपश्चात जोशी न्यूजिल्याण्ड पुग्ने पहिलो नेपाली बने । त्यहाँ उनलाई तेन्जिङको गाउँबाट आएको भनेर सत्कार गरियो। एक पत्रिकाले उनलाई सोधेको थियो, “‘यति’ कस्तो देखिन्छ ? हिमाल चढेका हौं ?”


‘तानसेन गुठी’ समारोहमा
तानसेनबाट काठमाडौं आएका व्यक्तिहरूले स्थापना गरेको ‘तानसेन गुठि’ को रजत महोत्सवमा जोशीले ऐतिहासिक प्रसङ्ग सुनाए : “२०० वर्षअघि बेलायती साम्राज्यले भारत जित्दा नेपाल पनि खतरामा थियो । उजीर सिंह थापाले पाल्पाबाट युद्ध लड्दै अंग्रेज फौजलाई पिटे । उनले भगवती मातालाई पूजा गर्दै ‘रणउजेश्वरी’को स्थापना गरे ।’’


प्रत्यक्ष साक्षात्कार 
सत्य मोहन जोशीको धेरै कृति, विमोचन र अन्तर्वार्ता सुने पनि यस पंक्तिकारको उनीसंगको प्रत्यक्ष साक्षात्कार् करिब तीन पटक मात्र भएको थियो । सत्यमोहन जोशीद्वारा हाम्रा पिता दशरथ मान सिंहको बारेमा विभिन्न व्यक्तिद्वारा  लिखित पुस्तक “सताब्दी पुरुष दशरथ मान सिंह”को लोकार्पणको समयमा उनले पाल्पाको बारेमा दिएको वक्तब्य खास गरि पाल्पाको मन्दिर, टोलका बारेको  अभिव्यक्ति स्मरणीय छ ।

 

अर्को डा . तुम्ला शाहद्वारा लिखित “लुनाः प्रेम अधुरो कि पूरा “ पुस्तकको बारेमा  उनले जुरेलीको कथा बारे गरेको ब्याख्या, जुरेली चरीको जे जस्तो भए पनि आफ्नो कर्तव्य गर्न नछोड्ने । जे छ त्यसमै रमाउने बानीबाट आफू प्रभावित भएको उनले भन्ने र  लेख्ने गरेका थिए ।  जुरेली चरीलाई देखेर पाएको जीवनको त्यही चिन्तनसँगै उनी निरस लागेकोमा फेरि रमाउन थालेका थिए । 


सोही अवसरमा, विमोचित  पुस्तकको अंग्रेजी संस्करण निकालेर त्येस्तो पाठकको घेरा राष्ट्रिय घेरा भन्दा बाहिर पु¥याउनु पर्ने र सो गर्न सक्ने  व्यक्ति आफ्नै सामु रहेको बनमाली प्रसाद लाकौल भएको भनि तत्कालीन अवस्थामा भनेको र सो कुरा पछि मूर्त रुपमा “ीगलब(ीयखभ अयmउभितभच यच क्ष्लअयmउभितभ “प्रकाशित भएको कुराको स्मरण  हुन्छ ।


 त्यसैगरि, करिब सात वर्ष अगाडि सत्य मोहन जोशीको प्रमुख आतित्यथतामा आयोजित तानसेनबाट काठमाडौंमा आई बसेका व्यक्ति बाट खोलिएको संस्था “तानसेन गुठी”को रजत महोत्सव तथा वार्षिकभेलालाई सम्बोधन गर्दै जोशीले कुनै समूह र क्षेत्रको मात्र विकाशको कुरा नगरी सम्पूर्ण क्षेत्रमा समावेशी हुनु पर्नेमा जोड दिएका थिए । (साँघु साप्ताहिक, २०८२ असार २) 
 

प्रतिकृया दिनुहोस