• शुक्रबार-असोज-४-२०८१

प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

 

सिरहा । सिरहाको एक आधारभूत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ ।

 

गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी मण्डलको चरम लापरवाहीका कारण यहाँको पठनपाठन प्रभावित भएको छ । 

 

प्रधानाध्यापक मण्डल र सोही बिद्यालयका शिक्षक सिबेन्द्र यादवबीच करिव दुई महिनादेखि प्रधानाध्यापकको लागि चलिरहेको विवादका कारण बिद्यालयको शैक्षिक अवस्था ध्वस्त हुँदै गइरहेको अभिभावकहरूको आरोप छ । 

 

करार सेवामा कार्यरत मण्डलले विद्यालयका विद्यार्थीहरूलाई उपेक्षा गर्दै आफ्नो कुर्सीको लडाइँमा समय बर्वाद गरिरहेको अभिभावकहरुको गुनासो छ । अस्थायी करार दरवन्दीको दुईजना, एकजना अनुदान, दुइजना बालविकास र एकजना कार्यालय सहयोगीसहित ६ जनाले विद्यालय चलाउनु परेको प्रधानाध्यापक सुनिता मंडलले बताइन् । उनले, ‘शिक्षक अपुग रहेकोले पठनपाठनमा समस्या भएको स्वीकार गरेकी छिन् । 

 

समाचार संकलन गर्ने क्रममा हामी विद्यालय पुग्दा बालविकासमा पढाउने दुई जना शिक्षिका रहेपनि विद्यार्थीहरु कक्षा कोठा कोही सुतिरहेको, कोही रोइकराइ रहेको र कोही खेलिरहेको पाइयो । 

 

प्रधानाध्यापक मंडललाई बोलाएर बालविकासको हाजिरी रजिस्टर हेर्दा पाँच दिनदेखि विद्यार्थीको हाजिर समेत भएको थिएन् । उक्त विषयमा प्रधानाध्यापक सुनिता मंडललाई सोध्दा गैर जिम्मेवार पूर्वक मलाई यो विषय जानकारी नरेहेको बताइन् ।  

 

विद्यालयको प्रमुखले कम्तीमा दैनिक कुन शिक्षक आए नआएको, कुन कक्षा कोठा खाली छ, त्यतातिर पनि नजर दिनुपर्ने हो नि ? भन्ने प्रश्नमा उनले, ‘मैले सक्ने गरीरहेकी छु । शिक्षकको अभाव छ भन्दै पन्छिए ।’ 

 

विद्यालय रजिस्टरमा हाल २८० जना विद्यार्थीको नामाङ्क भएपनि मण्डलको व्यक्तिगत स्वार्थले शैक्षिक अवस्था खस्किन थालेपछि विद्यालयमा ८० देखि एक सय विद्यार्थीमात्र उपस्थित हुने गरेको छ । बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले नियमित पठनपाठन नपाउँदा उनीहरूको भविष्य अन्योलमा परेको अभिभावक रामजतन साहले बताए । उनले भने, ‘मेरो दुई जना छोरा–छोरी कक्षा ८ र ४ मा अध्ययनरत छन् । पढाइ नै हुन छाडेपछि अर्को विद्यालयमा पठाउने सोच बनाएको छु ।’ 

 

उनले थपे, ‘म आफैँ  विद्यालयमा पुगेरै पटक–पटक प्रधानाध्यापकलाई पढाइमा सुधार गर्न अनुरोध गरे । तर, प्रधानाध्यापकले वास्ता नै गर्नुभएन ।' उनले प्रधानाध्यापक मण्डलले विद्यालयको शैक्षिक स्तरलाई गिराउने काम गरेको आरोप लगाए ।

 

प्रधानाध्यापक पदमा आशिन रहन मण्डलले शिक्षा शाखाका कर्मचारी र पालिकाविरुद्ध उच्च अदालत राजविराजमा मुद्दा दायर गरेकी छिन् । यो मुद्दाले विद्यालयको व्यवस्थापनलाई झन् अस्थिर बनाउँदै लगेको स्थानीय अभिभावकहरुको भनाइ छ । 

 

यता, गोलवजार नगर शिक्षा शाखा प्रमुख सुवोध लामालाई विद्यालयमा पढाइ नै हुँदैन भन्ने अभिभावकहरुको गुनासो छ । शाखाले यस विषयमा किन चासो लिएको छैन ? भन्ने प्रश्नमा उनले, ‘गुनासो शाखामा पनि आएको हो । म विद्यालय गएर निरीक्षण पनि गरे । त्यहाँ शिक्षकको पनि अभाव छ । हामीले तत्कालै एकजना अङ्गग्रेजी शिक्षकलाई काजमा पठायौं तर प्रधानाध्यापकले हजिरी हुन दिन अनाकानी गरी रहेको छ ।’ उनले भने, ‘विद्यालयका प्रधानाध्यापक मंडलले नगरपालिका र म विरुद्ध समेत उच्च अदालतमा मुद्दा दायर गरेको छ । अदालतले फैसला नसुनाए सम्म हामीे केही गर्न सक्दैनौ ।’


पछिल्लो समय बिद्यालयहरुमा राजनीति गर्ने प्रवृत्ति फस्टाएको कारण तराईमा शैक्षिक अवस्था खस्किँदै गइरहेको स्थनीय बुद्धिजीवीहरु बताउछन् । तराईमा शैक्षिक अवस्था कमजोर हुनुको मुख्य कारण केही दलीय शिक्षक र रजनीतिकर्मीहरु नै रहेको उनीहरुको भनाइ छ । 

 

 

प्रतिकृया दिनुहोस