• शनिबार-भदौ-२२-२०८१

विमान दुघर्टनाबारे घुस्याहा प्राधिकरण किन मौन ?

 

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ०८१ साउन ९ गते बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे ७०० ९ एन–एएमई विमान पोखराका लागि उड्नेक्रममा दुर्घटनामा परेको थियो । उडनेक्रममा धावनमार्गको दाँयातिर पल्टिँदै पूर्वतर्फ चिप्लिएर दुर्घटना हुँदा १८ जनाले अनाहकमा ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा १७ जना नेपाली र एक जना यमनी नागरिक रहेका छन् । 


चालकदलसहित १९ जना सवार विमानका क्याप्टेन मनिषरत्न शाक्यको उद्धारपछि काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारपछि घर फर्किसकेका छन । उपचारकाक्रममा क्याप्टेन शाक्यले अस्पतालका चिकित्सकलाई धावनमार्गबाट उडेपछि विमान दायाँतर्फ ढल्किएर दुर्घटनामा परेको बताएको र त्यसपछि आफूले सन्तुलन गुमाएको बताएसँगै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको लार्पावाही र कमजोरी छरप्रष्ट हुन पुगेको छ ।


सौर्य एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टावर नजिकै भएको दुर्घटनाले विभिन्न संशय उब्जाएको छ । मिडिया र सामाजिक सञ्जालमा विमान दुर्घटनाबारे विभिन्न विषयहरु उठिरहेका छन् । यता नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले भने विमान दुर्घटनाका कारणबारे अहिलेसम्म आफनो भनाई सार्वजनिक गरेको छैन ।


ब्ल्याक बक्स भेटिएको जाँचबुझ समितिले सत्यतथ्य पत्ता लगाउनका लागि सिंगापुर लिएको गएको छ । जाँचबुझ समितिको प्रतिवेदन आएपछि मात्र केही भन्न सकिने स्थिति रहेको प्राधिकरण सोतले जानकारी दिएको छ । हल्ला भए जस्तो विमान पुरानो वा समयमै मर्मत नभएको भन्ने बिषयमा कुनै सत्यता नरहेको प्राधिकरणस्रोतको भनाई रहेको छ । दुर्घटना भएको विमान २१ वर्ष ४ महिना पुरानो भएको तथ्यहरु बहिर आएका छन । ६ पटक बिक्री हुँदै अन्तिम पटक सौर्य एयरलाइन्सले सो बिमान खरिद गरेको बताइएको छ ।


विमानको धेरै प्रकारको चेकजाँच नियमित हुने, निश्चित घण्टा, साइकल, ल्याण्डिङपछि गरिने चेक नियमित रूपमा गरेको दावी प्राधिकरण स्रोतको रहेको छ । स्रोत भन्छ ‘त्यसलै विमानको यति नै आयु हुन्छ भनेर भन्न सकिदैन । विभिन्न पार्टको भने निश्चित आयु हुन्छ । कुन पार्टस कति सयम अवधिपछि परिवर्तन गर्ने भन्ने आयु तोकिएको हुन्छ, अवघि पूरा भएपछि परिवर्तन गरिन्छ ।’दुर्घटनाग्रस्त विमान ‘एयर ओर्दिनेस’ २०२५ सम्म ‘भ्यालिड’ विमान भएको बताइन्छ । एक सय १९ घण्टा ‘फ्लाईङ आवर’ बाँकी छँदै मर्मतका लागि २०८१ साउन ९ गते पोखरातर्फको लागि उडान गर्न लागेको थियो ।


यही कारण इञ्जिनियरले २० देखि २५ दिनको लागि विमानको सम्पूर्ण पार्टसको मर्मत (सी–चेक) का लागि विमान पोखरा उड्दै थियो । त्यसकारण प्राधिकरण स्रोतले दुर्घटना प्राविधिक हो कि मानवीय भनेर अध्ययन नगरी यसै भन्न नसकिने दावी गरेको छ । तरपनि नियामक निकाय प्राधिकरणले सञ्चालित विमानहरूको नियमित उडान, उडनु अगाडिको चेकजाँच नगर्दा दुर्घटना बढेको गुनासो बाहिर आउने गरेका छन । यसको उदाहरण डेढ वर्षमा तीनवटा विमान दुर्घटना हुनुले पनि पुष्टि गरेको छ । (साँघु साप्ताहिक, २०८१ साउन २८)
 

प्रतिकृया दिनुहोस