काठमाडाैं । नागरिक उड्डयन प्राधिकरणका विवादस्पद महानिर्देशक प्रदीप अधिकारीलाई हटाउने विषयमा कांग्रेसका नेताहरुवीच छलफल चलेको खबर छ ।
डीजी अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्यडनमन्त्री बद्री पाण्डेलाई नै अटेरी गर्ने, कुरा काट्दै हिड्न थालेपछि कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोली उनलाई हटाउनुपर्ने पक्षमा रहेको स्रोतको दावी छ । तर, अधिकारीले आरजु राणामार्फत लविङ गर्न थालेकाे पनि खबर छ ।
कमिशनमा रमाउने र पद पाउन र टिकाउन जे पनि गर्ने, बद्नाम डीजी अधिकारीले आफ्नो पद जोगाउन कांग्रेसभित्रको आफ्नो निकटको समूह परिचालन गरेका छन् । उड्डयन क्षेत्रका ठूला ठूला परियोजनाका भ्रष्टाचारमा मुछिएका डीजी अधिकारीलाई राजनीतिक दलको उच्च नेतृत्वले भने संरक्षण गरिरहेको छ ।
गौतम बुद्ध विमानस्थल, पोखरा विमानस्थल मात्र होइन त्रिभुवन विमानस्थल विस्तार परियाजनामा पनि उनको अनियमतिता सार्वजनिक भएको छ । तर, डीजी अधिकारीलाई कारबाही गर्ने हिम्मत भने अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगलगायत कसैले पनि देखाएको छैन । जुनियर भएर पनि शक्ति केन्द्र रिझाएर महानिर्देशक बन्ने मौका पाए ।
दलका भ्रष्ट नेता, ठुला मिडियाका हवाइ बिट हेर्ने पत्रकारहरुलाई आर्थिक लाभ पुर्याएका कारण उनको पद सुरक्षित रहँदै आएको छ । यद्यपि, मन्त्रालय नेतृत्व र कांग्रेसका सज्जन नेताहरू भने उनको सरुवा गुर्नपर्ने पक्षमा रहेको स्राेत बताउछ । तर, बद्नाम डीजी अधिकारीलाई कारबाही गर्ने सवालमा प्रधानमन्त्री केपी ओलीले कति साथ दिन्छन्, त्यसमा भरपर्ने पनि पर्यटन मन्त्रालयमा चर्चा हुन थालेको छ ।
प्रतिकृया दिनुहोस