• आइतबार-भदौ-२३-२०८१

नरहाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर

 

काठमाडौँ । सिराहाको नरहा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सुरेश कुमार कुसियैतले औषधि खरिद गर्दा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।  अख्तियारले झा र कुसियैतलाई जनही ६ लाख २० हजारको बिगो तोकेर मुद्धा दायर गरेको छ ।

 

अख्तियारले भनेको छ- 'गाउँ कार्यपालिकाको कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको जम्मा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट रु.६,२०,०९६।- बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरी/नगराई औषधिजन्य मालसामानहरू हानिनोक्सानी गरे/गराएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा रु.६,२०,०९६।- (छ लाख बीस हजार छयानब्बे रुपैयाँ) बिगो कायम गरी मुद्धा दायर गरिएको छ ।' 

प्रतिकृया दिनुहोस