• आइतबार-असोज-२०-२०८१

थाहा पाउनुहोस् आजको मौसम पूर्वानुमान

 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा  पूर्व देखि पश्चिम सम्म नै  सरदर स्थानको उत्तरमा अवस्थित छ ।

 

हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी,  लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई  स्थानमा  हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 

आज दिउँसो देशभर साधारणतया बदली रहने छ ।  सबै प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।   

 

त्यस्तै आज रातीि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 


 

प्रतिकृया दिनुहोस