• आइतबार-असोज-२०-२०८१

असार २४ गते सोमबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !

 

काठमाडौँ । आज मिति २०८१ साल असार  २४ गते सोमबार तदनुसार ई.सं.२०२४ जुलाई ८ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं ग्रिष्म ऋतु शुक्ल तृतीया तिथि, अश्लेषा नक्षत्र । बज्र योग । चन्द्र राशि कर्कट । यो अशुभ योग हो ।


अभिजित् मुहूर्त : बिहान ११:४२ देखि १२:३७ सम्म,
•  काठमाडौँमा सुर्योदय : बिहान ०५:१५
• सुर्यास्त : बेलुका ०७: ०३ बजे

 

वैदिक ज्योतिषमा आधारित तपाईंको आजको राशिफल यसप्रकार रहेको छ :

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज समय राम्रो छ । आम्दानी बढ्नसक्छ ।  सन्तानबाट सुख प्राप्त हुनसक्छ ।  विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।

शुभ रंग ः कालो

शुभ अंक ः ८

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) ः आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।

शुभ रंग ः सुन्तला

शुभ अंक ः५

 

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) ः आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

शुभ रंग ः चाँदी

शुभ अंक ः ९

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) ः आज समय राम्रो छ ।  मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाइबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । अनावश्यक विवादबाट बच्नुहोला ।

शुभ रंग ः वैजनी

शुभ अंक  ः १

 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ः समय राम्रो छ । स्वास्थ्य सबल रहनेछ । वित्तीय योजना बनाउनुहोस् । माया, प्रेममा आत्मीयता र सहजताको साथमा सम्बन्ध अघि बढ्नेछ। परिवारसँग समय बिताउनुहोस् , काममा ध्यान दिनुहोस् र आराम गर्नुहोस् ।

 शुभ रंग : रातो

 शुभ अंक : ३

 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) : समय मध्यम छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस् । पठनपाठनमा ध्यान बिग्रनसक्छ । साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयतादेखि सम्बन्ध विकसित गर्नुहोस् । परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस् । घर झगडाबाट बच्नुहोला ।

शुभ रंग ः रातो

शुभ अंक : ७

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) : समय ठिकै छ ।  ध्यान र आराम लिनुहोस् । योग र मेडिटेशन गर्नुहोस् । आर्थिक संगठन र वित्तीय योजना बनाउनुहोस् । प्रेम आत्मीयता र सहजताको साथमा  सम्बन्ध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् , विवादबाट बच्नुहोस । 

 शुभ रंग: हरियो

 शुभ अंक : २

 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ । समय शुभ छ उपयोग गर्नुहोला ।

शुभ रंग ः हरियो

शुभ अंक : ४

 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।

शुभ रंग ः रातो

शुभ अंक : ४

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ  । खुसी मिल्नसक्ने समय छ ।

शुभ रंग ः निलो

शुभ अंक : ५

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज समय ठिकै छ  । शरीरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।

शुभ रंग ः पहेलो

शुभ अंक : २

 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) : आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।

शुभ रंग ः कालो

शुभ अंक : ३

 

(राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ। 

 

राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्। उनि वैदिक ज्योतिषका विज्ञ मानिन्छन् ।

 

प्रतिकृया दिनुहोस