• आइतबार-असोज-२०-२०८१

एम्स इन्स्टिच्यूटले नेपालीलाई भारतमा रोजगरीसहितको कोर्ष गराउने

काठमाडौं । एम्स इन्स्टिच्यूटले भारतका विश्वविद्यालयहरुमा अध्ययनका लागि सहजीकण गर्ने जनाएको छ । भारतको बैंग्लोर विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजहरुमा नेपाली विद्यार्थीहरुलाई सर्वसुलभ र छात्रबृत्तिमार्फत अवसर दिने घोषणा गरेको छ ।


२०८१ असार २३ गते आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै एम्सले विद्यावारिधीसम्मका कोर्षहरु अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई आवेदनको माग समेत गरेको छ ।


वीवीए, वीकम, एएस्सी, वीएचएम, बीसिए, एमसीएलगायतका नयाँ कोर्षहरु अध्ययनका लागि नेपाली विद्यार्थीहरुलाई रोजगारीको ग्यारेन्टीसहित भर्नाका लागि आब्हान गरेको छ ।


विभिन्न देशका विद्यार्थीहरुलाई एकै स्थानमा भेला गराएर सांस्कृतिक आदानप्रदानको अवसर दिने गरेको दावी कलेजको दावी छ ।

 

कोर्ष सकिनुअघि नै रोजगगारीको ग्यारेन्टी गर्ने कलेजका संचालकहरु पत्रकार सम्मेलनमा जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस