• बिहीबार-असार-२०-२०८१

अदालतमा मुद्दा विचाराधीन रहेका जर्नेल कार्कीलाई नियम विपरीत बढुवा गर्ने तयारी

घर जाने बेलामा प्रधानसेनापति प्रभुराम शर्मा किन विवादमा पर्न चाहे ?

काठमाडौं, १८ असार । अहिलेसम्म राजनीतिकरणबाट बचेको नेपालको एकमात्र संस्था नेपाली सेनालाई विवादित बनाएर यसको साखः समाप्त पार्ने चलखेल र षड्यन्त्रहरु अझै रोकिएको छैन् ।

नेपाली सेनाको सैनिक नियमावली २०६९ को दफा ३.६ मा बढुवाको लागि संभाव्य उम्मेदवार हुन नपाउने सम्बन्धी ब्यवस्था छ ।  सो दफाको उपदफा १ (ङ)मा भनिएको छ, कुनै कसुरको सम्बन्धमा कोर्ट अफ इन्क्वायरी वा ऐनको दफा  ६२ बमोजिमको समितिबाट छानबिनको क्रममा रहेको वा मुद्दा दायर भएकोमा अदालतबाट सफाई नपाएसम्म ।

 

नेपालमा माओवादी जनयुद्ध सुरुभएपछि सेनामा विभाजन ल्याउने ठूलो षड्यन्त्र भएको थियो । तर तात्कालीन सैनिक नेतृत्वको सुझबुझपूर्ण कदमले ती षड्यन्त्रहरु निस्तेज भएका थिए ।

माओवादी शान्ति प्रक्रियामा आएपछि माओवादीले नेपाली सुरक्षा निकायमा विभाजन गर्न चालेका प्रयासका नतिजाहरु सतहमा सबैका सामुन्ने सार्वजनिक भए । माओवादीले अन्तिरिम व्यवस्थापिका संसदमा माओवादीले नेपाली सेनाका जर्नेल कुमार फुदुङलाई मनोनित गरेर घुसपैठ छर्लङ पारेकाे थियाे ।

    माओवादीले नेपाली सेनालाई मात्रै होइन्, जनयुद्धकालमा नेपाल प्रहरीमा पनि राम्रै घुसपैठ गरेको रहेछ भन्ने पुष्टि सो पार्टीले दोस्रो संविधानसभामा आफ्नो कोटाको समानुपातिक लिष्टमा नेपाल प्रहरीका महानिरीक्षक भैसकेको रविन्द्रप्रताप शाहलाई मनोनित गरेबाट स्पष्ट भएको थियो । अहिले नेपाल प्रहरीकाे व्यवसायिकतामा गम्भीर प्रश्न उठिरहेको छ ।

  नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अब चाँडै देशको प्रधानमन्त्रीबाट विदा हुँदैछन् । राजनीतिको मूलधारमा आएर आफूसमेत सक्रिय बनेर संविधान बनाएकोले माओवादी यो व्यवस्था छोडेर बाहिर निस्कने अवस्था भने  छैन । तर माओवादीले नेपाली सेनामा अझै चलखेल गर्न भने छोडेको छैन् ।

यसको पछिल्लो कडी बनेको छ, नेपाली सेनाकाे नियम विपरीत सहायक रथी(जर्नेल) मधुकरसिंह कार्कीलाई उपरथी(दुई तारे जर्नेल)मा बढुवा गर्नका लागि निकालिएको सूचना ।

नेपाली सेनाको सैनिक नियमावली २०६९ को दफा ३.६ मा बढुवाको लागि संभाव्य उम्मेदवार हुन नपाउने सम्बन्धी ब्यवस्था छ ।  सो दफाको उपदफा १ (ङ)मा भनिएको छ, कुनै कसुरको सम्बन्धमा कोर्ट अफ इन्क्वायरी वा ऐनको दफा  ६२ बमोजिमको समितिबाट छानबिनको क्रममा रहेको वा मुद्दा दायर भएकोमा अदालतबाट सफाई नपाएसम्म ।

 

सहायक रथी कार्कीका विरुद्धमा डिल्लीराम पौडेलले सर्वोच्च अदालतमा  भ्रष्टाचारजन्य कसुरमा कारबाहीका लागि २०७९ कार्तिक २० गते दिएको मुद्दा हालसम्म विचाराधीन छ । परमादेशको माग गर्दै दिएको मुद्दामा न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासबाट २०७९ कार्तिक २२ गते कारण देखाउ आदेश भएको छ । सो मुद्दाको आगामी सुनुवाईको पेशी २०८१ कार्तिक ८ गते तोकिएको छ ।

 

  नेपाली सेनामा कानूनसम्बन्धी विषयमा रायसुझाव दिन अलग्गै प्राड विभाग पनि छ । नेपाली सेनाकाे आफ्नै नियमावलीले रोकेको व्यक्तिलाई बढुवा गराउन प्रधानसेनापति महारथी प्रभुराम शर्मालाई कसले उक्साइरहेको छ ?  प्रधानसेनापति महारथी प्रभुराम शर्मा अब २०८१ साउन २४ गतेबाट एक महिने घर विदामा बसेर २०८१ भदाै २४ गतेबाट अवकास हुँदैछन् । घर जाने बेलामा प्रधानसेनापति महारथी प्रभुराम शर्मा किन विवादमा पर्न चाहिरहेका छन् ? सेनाभित्र चिन्ता र चासाे  बढेकाे छ ।


  स्राेतका अनुसार, प्रधानसेनापति महारथी प्रभुराम शर्माले अवकासकाे मुखमा अपजसकाे भारी बाेक्न अदालतमा मुद्दाकाे तारिख खेपिरहेका सहायक रथी कार्कीलाई बढुवा गर्न चाहे ?  यसको खोजी सैनिक हेडक्वार्टर भद्रकालीभित्रै भइरहेको छ । महारथी शर्मा भने आफूलाई माथिको दवाव आएकोले रोक्न नसकिएको भनेर उम्किने गरेकाे स्राेतकाे दावी छ ? सेना देशको रक्षाको अन्तिम जिम्मेवारी लिएको संस्थामा विवाद  सिर्जना गर्नेगरी सैनिक ऐन र नियमले बर्जित गरेको जर्नेललाई  बढुवा गर्न प्रधानसेनापति र नेपाली सेनालाई कसले दवाव दिइरहेको छ ?

 

 सहायक रथी कार्की विवादस्पद रहेको र भ्रष्टाचारजन्य कसुरमा सेनाभित्रै कोर्ट अर्फ इन्क्वायरीमा परेका व्यक्ति पनि हुन् । यही कारणले नेपाली सेनाले नेशनल डिफेन्स कोर्षका लागि उनलाई सिफारिस नगरेपछि उनी नेपाली सेनाविरुद्ध सर्वोच्च अदालत गएका थिए । सर्वोच्च अदालतले उनलाई एनडीसी गर्न नरोक्न आदेश दिएपछि उनलाई सो कोर्ष गर्न केन्या पठाइएको थियो ।

 

  स्टाफ कलेज तथा एनडीसी तहको तालिम दुवै विदेशमा गरेका लगायतका जेहेन्दार अधिकृतहरुलाई मौका नदिइ श्री ५ महाराजा र राजदरबारको हुकुमबाट प्रतिस्पर्धा नै नगरी नेपाली सेनामा जागिर खाएर सहायक रथीसम्म बन्न सफल कार्कीलाई किन प्रधानसेनापति र संस्थाले बोकेर हिड्न पर्ने भन्ने प्रश्न पनि नेपाली सेनाभित्रैबाट उठाउन थालिएको छ ।

 

आफ्नै संस्थाविरुद्ध मुद्दामामिला गर्ने  प्रवृत्तिलाई मलजल गर्ने गतिविधि रोक्ने प्रधानसेनापति प्रभुराम शर्माको यहाँसम्मको प्रयासलाई कसले बाधा पुर्याई अवकासकाे मुखमा उनलाई नराम्रो बनाउदैछ ?

 

प्रतिकृया दिनुहोस